सोमबार, असार ८, २०८३

निर्वाचन आचारसंहिता उल्लंघन भए चुप बस्दैनौं : थपलिया

राजनीतिक दल, उम्मेदवार, सार्वजनिक निकाय र सम्बन्धित पक्षले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र, भयरहित रूपमा सम्पन्न गराउन सघाउनुपर्ने प्रमुख निर्वाचन आयुक्त थपलियाको धारणा।
 |  बुधबार, कात्तिक २३, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २३, २०७९

काठमाडौं– प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता र आयोगका निर्देशन अवज्ञा गरिए सह्य नहुने बताएका छन्। बुधबार ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा निर्वाचन आयोगले युवाका संघ–संस्था र युवा अभियन्तासँग गरेको छलफलमा प्रमुख निर्वाचन आयुक्त थपलियाले यस्तो बताएका हुन्।

National life

उनले राजनीतिक दल, उम्मेदवार, सार्वजनिक निकाय र सम्बन्धित पक्षले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र, भयरहित रूपमा सम्पन्न गराउन सघाउनुपर्ने धारणा व्यक्त गरे।

आचारसंहिता उल्लंघन र निर्देशनको अवज्ञा भए उल्लंघनकर्तालाई महँगो पर्न सक्ने चेतावनी प्रमुख निर्वाचन आयुक्त थपलियाले दिए। । थपलियाले केही स्थानीय तहले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न नसक्ने जानकारी गराएको सन्दर्भमा ती तहलाई कारबाही हुने स्पष्ट पारे। निर्वाचनको सन्दर्भमा आयोगले दिएका निर्देशनको कसैले अवज्ञा गरे त्यो महँगो हुने उनको चेतावनी छ।

युवालाई सामाजिक सञ्जाल र अन्य माध्यमको उपयोग गरी निर्वाचनको सकारात्मक प्रचार–प्रसार र मतदाता शिक्षा दिन उनले आग्रह गरे।  राजनीतिक दल तथा तिनका उम्मेदवारले  आचारसंहिता उल्लंघन गरे पाइए जुनसुकै माध्यमबाट उजुरी दिने सकिने उनको भनाइ । 

उनले भने, ‘जुनसुकै निर्वाचनमा जित्ने उम्मेदवारभन्दा हार्नेको संख्या बढी हुने गरेको छ। निर्वाचनपछिको राजनीतिक वातावरण धूमिल हुन नदिन र सौहार्दता कायम राख्न पनि युवाहरूले सकारात्मक भूमिका वहन गर्नुपर्छ।’

Shivam cement

प्रमुख आयुक्त थपलियाले मतदान केन्द्र सकेसम्म अपांगतामैत्री बनाउन आग्रह गरिएको र त्यसतर्फ आयोग सचेत रहेको स्पष्ट पारे। उनले भने, ‘मतदाताको विवेकको मत प्रयोग गराउन मतदान अधिकृत, राजनीतिक दलका प्रतिनिधि र स्वयंसेवकलाई आयोगले सुम्पिएको विश्वासमा कुठाराघात नहोस्। स्वच्छ, निष्पक्ष, स्वतन्त्र, भयरहित निर्वाचन गराउने लक्ष्यमा हामी सबैको सहयोग चाहन्छौं।’

प्रकाशित: Nov 09, 2022| 16:24 बुधबार, कात्तिक २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...