सोमबार, भदौ २२, २०८३

निर्वाचन नजिकिएसँगै सुरक्षा निगरानी थप चुस्त

निर्वाचनको मतदान गर्ने मिति नजिकिएसँगै सुरक्षा निगरानीलाई थप चुस्त पारिएको छ। यसपटक निर्वाचन सुरक्षामा झण्डै ३ लाख सुरक्षाकर्मी परिचालित छन्।
 |  बुधबार, कात्तिक २३, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २३, २०७९

काठमाडौं- आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आउन अब ११ दिन बाँकी छ। निर्वाचनको मतदान गर्ने मिति नजिकिएसँगै सुरक्षा निगरानीलाई थप चुस्त पारिएको छ। यसपटक निर्वाचन सुरक्षामा झण्डै ३ लाख सुरक्षाकर्मी परिचालित छन्। 

३ सुरक्षा निकायका १ लाख ८२ हजार सुरक्षा जनशक्तिका साथै १ लाख १५ हजार म्यादी प्रहरी परिचालित छन्। अहिले आवश्यकताका आधारमा धेरै सुरक्षाकर्मी निर्वाचन सुरक्षामा परिचालित भइसकेका गृह मन्त्रालयले जनाएको छ। मतदानस्थलको चुनौतीका आधारमा विश्लेषण गरेर निर्वाचन सुरक्षा चुस्त पारिएको गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताए।

मन्त्रालयले एकीकृत सुरक्षा योजना बनाएर ३ सुरक्षा घेरा निर्माण गरी निर्वाचनको विशेष सुरक्षा योजना तयार पारेको छ। जसमा पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रोमा नेपाली सेना तैनाथ हुनेछन्। आ–आफ्नो सुरक्षा निकायलाई प्राप्त जिम्मेवारी पूरा गर्न ३ वटै सुरक्षा निकाय सक्रिय छ।  सुरक्षा निकाय तल्लीनसाथ लागेको छ। 

निर्वाचन आयोगमा रहेको निर्वाचसम्बन्धी संयुक्त अपरेसन टोलीले समेत एकीकृत रूपमा काम गरिरहेको छ। त्यसका लागि नेपाल प्रहरीबाट एसएसपीको नेतृत्वमा ९ जनाको समूह छ। सामाजिक सञ्जाल लगायतका विभिन्न क्षेत्रमा निगरानी गर्ने काम गरिरहेको छ। 

‘समग्रमा यसपालिको निर्वाचनको सुरक्षा योजना राम्रो र भरपर्दाे छ, ढुक्कसँग मत दिने वातावरण छ,’ नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले भने।

उनका अनुसार यसपटक २८ साना समूहले चुनाव बहिष्कार गर्छौ भनेका छन्। ती समूहको सूक्ष्म निगरानी भइरहेको छ। ‘उनीहरूको समूह ठूलो छैन तर पनि त्यसको हामीले हरेक कोणबाट निगरानी गर्ने र उसका गतिविधिको सूक्ष्म विश्लेषण गरिरहेका छौं,’ उनले भने। 


प्रकाशित: Nov 09, 2022| 14:50 बुधबार, कात्तिक २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...