सोमबार, असार ८, २०८३

तानसेनमा सिर्जना उत्सव

सिर्जना र सद्भाव मन्त्रसहित १५ वर्षे रोडम्याप लिएर कला, साहित्य क्षेत्रमा होमिएको नेपाली कला साहित्य डटकम प्रतिष्ठानले सिर्जना उत्सव आयोजना गरेको हो।
 |  बुधबार, कात्तिक २३, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २३, २०७९

काठमाडौं– नेपाली कला साहित्य डटकम प्रतिष्ठानको आयोजना र पाल्पा साहित्य समाजको सह–आयोजनामा पाल्पाको तानसेनमा ‘सिर्जना उत्सव’ सम्पन्न भएको छ।  

National life

१८ कात्तिकमा प्रतिष्ठनका अध्यक्ष मोमिला जोशी तथा पाल्पा साहित्य समाजका अध्यक्ष पुष्कर अथक रेग्मीको संयुक्त अध्यक्षतामा आयोजित उक्त उत्सवमा वरिष्ठ संस्कृतिविद् तथा कवि तुलसी दिवस प्रमुख अतिथि रहेका थिए। 

यस्तै, साहित्यकार सरुभक्त, अशेष मल्ल, डा. विमल कोइराला, सावित्री मल्ल कक्षपति, लक्ष्मण गाम्नागे तथा डा. हरिप्रसाद मानसाग्निले पनि सहभागगिता जनाएका थिए। सिर्जना र सद्भाव मन्त्रसहित १५ वर्षे रोडम्याप लिएर कला, साहित्य क्षेत्रमा होमिएको नेपाली कला साहित्य डटकम प्रतिष्ठानको नियमित कार्यक्रममध्येको सिर्जना यात्रामा  ‘मेरो राष्ट्र मेरो ध्येय’ लाई मूल मन्त्र बनाई सिर्जना उत्सव सम्पन्न गरिएको हो।

उत्सवमा फोटोकवि सुन्दर बस्नतेलले  ‘मेरो राष्ट्र मेरो ध्येय’ शीर्षकमा दृश्यचित्र प्रस्तुत गरेका थिए। कविहरू तुलसी दिवस, सरुभक्त, डा. विमल कोइराला, अशेष मल्ल, विमल वैद्य, राजेश्वर कार्की, डा. कृष्णराज डिसी, डा. हरिप्रसाद मानसाग्नि, लक्ष्मण गाम्नागे र अमीम सागरले कविता वाचन गरेका थिए।

कार्यक्रममा स्थानीय कवि चित्रबलिराम सुवाल, महेन्द्र पन्थी, पुरुषोत्तम अर्याल, सविता भट्टराई, कमल खत्री, हरि भट्टराई, टंक भट्टराई, युवराज पौड्याल, प्रेमराज खराल, रामप्रसाद अर्याल, चन्द्रकान्त न्यौपाने तथा इन्दिरा ज्ञवाली पौड्यालले कविता वाचन गरेका थिए। 

Shivam cement

कार्यक्रम अवसरमा पाल्पामा रहेर साहित्य र संस्कृतिको सेवामा समर्पित स्रष्टा राजेन्द्रगोपाल सिंहलाई ग्रेगरी कला साहित्य पुरस्कार तथा स्रष्टा पुष्कर अथक रेग्मीलाई योगेश्व वाङ्मय पुरस्कारद्वारा सम्मान गरिएको थियो। उनीद्वारा संयुक्त रूपमा लिखित पुस्तक ‘पाल्पाली साहित्यको इतिहास’ को पनि सोही कार्यक्रममा लोकार्पण गरिएको थियो। 

पुरस्कृत स्रष्टाबारे समालोचक प्राडा. सावित्री मल्ल कक्षपतिले परिचयात्मक मन्तव्य प्रस्तुत गरेकी थिइन्। विमोचित पुस्तकमाथि समालोचक दीपक बस्यालले समीक्षा गरेका थिए। 

कार्यक्रममा समालोचक महेश पौड्यालले नेपाली कला साहित्य डटकम प्रतिष्ठानले १५ वर्षमा देश र विदेशमा गरेका उल्लेखनीय काम, कार्यक्रम, अनुवाद, प्रकाशन, सष्टा सम्मान र सिर्जना यात्रको लेखाजोखा प्रस्तुत गरे। उक्त अवसरमा नाटककार अशेष मल्लले यस्ता महत्त्वपूर्ण कार्यक्रममा राज्यका जिम्मेवार व्यक्तिलाई पनि उपस्थित गराउनु सान्दर्भिक हुने विचार व्यक्त गरे।

कवि तथा नाटककार सरुभक्तले प्रतिष्ठानको कार्यशैलीबाट सधैं प्रभावित रहेको बताए। कवि विमल कोइरालाले सरकारले गर्न नसकेको काम नेपाली कला साहित्य डटकम प्रतिष्ठानले गर्दै आएकामा धन्यवाद दिए।

तुलसी दिवसले सीमित साधन–स्रोतमा देशभित्र तथा बाहिर साहित्य उन्नयनमा लागेको प्रतिष्ठान प्रशंसा गर्नलायक रहेको बताए।साहित्यकार मोमिला जोशीले भित्रैबाट हुटहुटी जागेर संस्थाका माध्यमबाट भाषा साहित्यको सेवामा लागेको विचार व्यक्त गरिन्। 

कार्यक्रमलाई हिमालयन एभरेस्ट इन्स्योरेन्सले विशेष सहयोग गरेको थियो भने काठमाडौंस्थित गोल्डेन गेट इन्टरनेसनल कलेजको विशेष साथ रहेको थियो।

प्रकाशित: Nov 09, 2022| 13:43 बुधबार, कात्तिक २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।