शुक्रबार, साउन ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भूकम्पका घाइतेहरूको हेलिकप्टरबाट उद्धार, डोटी अस्पतालमा उपचार हुँदै

भूकम्पका घाइतेहरूको हेलिकप्टरबाट उद्धार, डोटी अस्पतालमा उपचार हुँदै

गए रातिको भूकम्पमा परी गम्भीर घाइते भएका पाँच जनाको हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि डोटी अस्पताल पुर्‍याइएको छ।
 |  बुधबार, कात्तिक २३, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २३, २०७९

काठमाडौं- गए रातिको भूकम्पमा परी गम्भीर घाइते भएका पाँच जनाको हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि डोटी अस्पताल पुर्‍याइएको छ।

घाइतेलाई नेपाली सेनासहितका सुरक्षाकर्मीको टोलीले उद्धार गरी उपचारका लागि हेलिकप्टरबाट डोटी अस्पताल पुर्‍याइएको हो।

सुर्खेत र कैलालीको धनगढीबाट गएको हेलिकप्टरले उनीहरूको उद्धार गरेको  नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले बताए।

उद्धारसँगै तत्काल आवश्यक खाद्यान्न र टेण्टसमेत लिएर भैरवनाथ गणको टोली सो क्षेत्रमा खटिएको सेनाले जनाएको छ।

गए राति २ बजेर १२ मिनेटमा डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको थियो।

भूकम्पबाट डोटीशको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा घर भत्किँदा ६ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा गैरागाउँका ५० वर्षीय प्रेम बोहरा, १३ वर्षीय सीता बोहरा, ४० वर्षीय बगबती बोहरा, ८ वर्षीय हर्क बोहरा, १४ वर्षीय धनसरी बोहरा र १४ वर्षीय तुल्सी बोहरा रहेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक भोलाकुमार भट्टले बताए।

सोही ठाउँका इन्नरी देवी बोहरा, धौली बोहरा, विस्ना देवी बोहरा, थाना बोहरा, महावीर बोहरा, केशर सिंह बोहरा र जगु देवी बोहरा घाइते भएको प्रहरीले जनाएको छ।

प्रकाशित: Nov 09, 2022| 09:53 बुधबार, कात्तिक २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।