सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भूकम्पमा परेकाहरूको उद्धार, राहत तथा पुनर्स्थापना गर्न प्रचण्डको माग

भूकम्पमा परेकाहरूको उद्धार, राहत तथा पुनर्स्थापना गर्न प्रचण्डको माग

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डोटी भूकम्पमा परेकाहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि तत्काल पहल गर्न माग गरेका छन्।
 |  बुधबार, कात्तिक २३, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २३, २०७९

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डोटी भूकम्पमा परेकाहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि तत्काल पहल गर्न माग गरेका छन्।

National life

प्रचण्डले सामाजिक सञ्जालमार्फत प्राकृतिक विपत्तिको दुखद् घडीमा घाइतेको यथाशीघ्र उद्धार, राहत तथा पुनर्स्थापनाका लागि तत्काल पहल गर्न, प्रभावित परिवारलाई क्षतिपूर्ति दिन प्रदेश, संघीय सरकारसँग अपिल गरेका हुन्।

भूकम्पमा परि जीवन गुमाएकाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै प्रचण्डले घाइते तथा प्रभावित परिवारको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका छन्। उनले प्रभावित जनताको उद्धार तथा राहतमा जुट्न मातहतका पार्टी कमिटीलाई पनि निर्देशन दिएका छन्।

गए राती सुदूरपश्चिमको डोटी केन्द्र भएर गएको भूकम्पमा परी एकै घरका तीनसहित ६ जनाको मृत्यु हुनुका साथै अन्य ६ जना घाइते छन्। अहिले उद्धार को काम भइरहेको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार राति २ बजेर १२ मिनेटमा डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रबिन्दु भएर ६ दमशलव ६ म्याग्निच्युडको भूकम्प गएको हो। 

प्रकाशित: Nov 09, 2022| 09:46 बुधबार, कात्तिक २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।