काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले भूकम्प प्रभावितको उद्धार, उपचार र राहतको उचित प्रबन्ध गर्न निर्देशन दिएका छन्।
भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्धारमा खटिन र घाइतेको तत्काल उचित उपचारको प्रबन्ध गर्न सम्बन्धित निकायलाई प्रधानमन्त्री देउवाले निर्देशन दिएको हुन्।
'सुदूरपश्चिमको खप्तड क्षेत्र केन्द्रविन्दु बनाई गएको भूकम्पमा परी मृत्यु हुनेहरूप्रति हार्दिक श्रदाञ्जली व्यक्त गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु। साथै भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्धारमा खटिन र घाइतेको तत्काल उचित उपचारको प्रबन्ध गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छु,' उनले भनेका छन्।