सोमबार, वैशाख २८, २०८३

डोटी भूकम्प अपडेट : मृतक ६ जनाको सनाखत

डोटी केन्द्रविन्दु बनाएर गएको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउने ६ जनाको सनाखत भएको छ। भूकम्पमा परी पाँच जना घाइते भएका छन्।
 |  बुधबार, कात्तिक २३, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २३, २०७९

काठमाडौं- डोटी केन्द्रविन्दु बनाएर गएको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउने ६ जनाको सनाखत भएको छ। भूकम्पमा परी पाँच जना घाइते भएका छन्। 

National life

गए राति २ बजेर १२ मिनेटमा गएको ६.६ रेक्टरस्केलको भूकम्पकका कारण पूर्वीचौकी गाउँपालिका-३ को गैरा गाउँमा ८ घर भत्किएका छन्।

जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक भोलाकुमार भट्टका अनुसार उक्त भूकम्पमा परी पूर्वीचौकी गाउँपालिका ३ का ५० वर्षी प्रेम बोहरा, ४० वर्षीया भगवती बोहरा, १३ वर्षीया सीता बोहरा, ८ वर्षीय हर्क बोहरा, १४ वर्षीया धन्सरी बोहरा र १४ वर्षीया कीतुलछी बोहरा रहेका छन्।

घाइते हुनेमा ४५ वर्षीय महाविर बोहरा, ४० वर्षीय इन्नरी बोहरा, ४५ वर्षीया बिस्नादेवी बोहरा, ४६ वर्षीय चनादेवी बोहरा, ११ वर्षीया धौली बोहरा, ४२ वर्षीय केशरसिंह बोहरा र ३४ वर्षीया जगुदेवी बोहरा रहेका छन्।

भूकम्प मापन केन्द्र का अनुसार गएराती २ बजेर १२ मिनेटमा ६.६ को, ९ बजेर ७ मिनेटमा ५.७ को र ९ बजेर ५६ मिनेटमा ४.१ को हो भुकम्प गएको हो। भूकम्पले घर चर्किएकाले स्थानीयले चौरमा बसेर रात बिताएका छन्।

घाइते पाँच जनालाई उपचारका लागि अस्पताल पठाइएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको टोली घटनास्थल पुगिसकेको र स्थानीयसहितको टोलीले थप उद्धार गरिरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Nov 09, 2022| 07:48 बुधबार, कात्तिक २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।