सोमबार, वैशाख २८, २०८३

भूकम्पमा परी डोटीमा मृत्यु हुनेको संख्या ६ पुग्यो

डोटी केन्द्रविन्दु बनाई आएको भूकम्पले घर भत्किँदा ६ जनाको ज्यान गएको छ। भूकम्पमा परी पाँच जना घाइते भएका छन्।
 |  बुधबार, कात्तिक २३, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २३, २०७९

डोटी- डोटी केन्द्रविन्दु बनाई आएको भूकम्पले घर भत्किँदा ६ जनाको ज्यान गएको छ। भूकम्पमा परी पाँच जना घाइते भएका छन्। 

National life

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु बनाई ६.६ म्याग्निच्युडको भूकम्प गएको हो।

बुधबार बिहान २ बजेर १२ मिनेटमा गएको भूकम्पले ग्रामीण भेगका दर्जनौं घर भत्किएका छन्। पूर्वीचौकी गाउँपालिका-३ गैरागाउँमा केही घर भत्किँदा घरमा च्यापिएर ६ जनाको मृत्यु भएको र एक जना उद्धार गर्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

घाइते पाँच जनालाई उपचारका लागि अस्पताल पठाइएको छ। थप उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको टोली घटनास्थल पुगिसकेको र स्थानीयसहितको टोलीले उद्धार गरिरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Nov 09, 2022| 06:38 बुधबार, कात्तिक २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।