सोमबार, असार ८, २०८३

चितवनलाई आर्थिक राजधानी बनाउने लामिछानेको वाचा

कालिका नगरपालिकाको जुटपानीमा मंगलबार सार्वजनिक गरिएको वाचापत्रमा चितवनलाई आर्थिक राजधानीको रुपमा स्थापित गर्न गुरुयोजना बनाइने विषयलाई उल्लेख गरिएको छ।
 |  मंगलबार, कात्तिक २२, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २२, २०७९

चितवन- चितवन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले आफ्नो चुनावी वाचापत्र सार्वजनिक गरेका छन्। कालिका नगरपालिकाको जुटपानीमा मंगलबार सार्वजनिक गरिएको वाचापत्रमा चितवनलाई आर्थिक राजधानीको रुपमा स्थापित गर्न गुरुयोजना बनाइने विषयलाई उल्लेख गरिएको छ।

National life

वाचापत्रमा भनिएको छ, 'आर्थिक राजधानीको गुरुयोजना बनाइ संसदमा विद्येयक पेस गर्नेछु। भरतपुर विमानस्थलको विस्तार र स्तरोन्नति, जोनिङ पद्धतिमार्फत् चितवनमा सहरी योजनाको सुरुवात गरिने, चितवनभित्रका सडक १२ मास नै टिकाउ र स्तरीय हुने गरी सबै टोल बस्तीमा सडक सञ्जाल विस्तार गरिने र कर्पोरेट हेड क्वाटर चितवन राख्ने संस्थालाई विशेष सहुलियत दिने लगायतका व्यवस्था गरिने छ।'

लामिछानेको वाचापत्रमा चितवन–२ मा ‘हेलो रवि’ कार्यक्रम सञ्चालन गरिने बताइएको छ। वाचापत्रमा भनिएको छ, 'तपाइँको हर समस्याका लागि हटलाइन नम्बर दिइनेछ। तपाइँलाई सरकारी कार्यालयमा जाँदा परेको समस्या होस् वा अस्पताल जाँदा वा तपाइँका आफन्तलाई विदेशमा समस्यामा पर्दा होस्, तपाइँका कुनै पनि समस्याका लागि तपाइँको सांसदलाई हटलाइन नम्बरमा सिधा सम्पर्क गर्न सक्नुहुनेछ। हटलाइनबाट सम्पर्क नगरी भौतिकरुपमा सम्पर्क गर्न चाहनेका लागि प्रत्येक वडामा संसदीय सेल गठन गर्नेछु।'

वाचापत्रमा संसदीय योजना तर्जुमा बोर्ड गठन गरिने उल्लेख गरिएको छ। 'टोल, वडा, पालिका र प्रतिनिधि, विज्ञ, चितवनका गैरआवासीय नेपाली, सांसद सचिवालय र म स्वयं मिली एउटा संसदीय योजना तर्जुमा बोर्ड गठन गर्छौं जसले तपाइँको टोल, वडा र पालिकाको समस्या, त्यसको समाधान र त्यहाँ आवश्यक विकास योजनाको तर्जुमा गरी हामी मिलेर काम अघि बढाउँछौं,’ उनले वाचा गरेका छन्।

यस्तै वागेश्वरी क्षेत्रमा योगी नरहरि नाथले परिकल्पना गरेको पञ्चभाषा विश्वविद्यालय, वृहत् जल निकास आयोजना, नारायणी नदीमा व्यवस्थित तटबन्ध, कबुलियती वन विकास कार्यक्रम, उपरदाङगढीमा साहसिक पर्यटकीय खेलको विकास, मुग्लिन बजार चौबिसै घण्टा सञ्चालन हुने मनोरञ्जनात्मक पर्यटन क्षेत्रको रुपमा विकास, फोहोर व्यवस्थापनको लागि ल्यान्ड फिल्ड साइट, सरकारी जग्गाको संरक्षण गरी खुला पार्क र खेल मैदान निर्माण गरिने उल्लेख गरिएको छ।  

Shivam cement

लामिछानेले सार्वजनिक गरेको वाचापत्रमा संसदीय अभ्यासलाई सुधार गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। 'संसदमा गयल हुँदिन, गयल भए भत्ता लिँदिन। संसद र संसदीय समितिको बैठकमा सक्रियताका साथ भाग लिन्छु। यस क्रममा नीति निर्माणमा धारणा राख्दा सम्बन्धित क्षेत्रको विज्ञसँग सल्लाह लिन्छु। राष्ट्रिय हित विपरीत कुनै कार्य गर्दिन। सरकारी अस्पताल बाहेकमा उपचार गराउँदिन। स्वदेशमा उत्पादित पोसाक मात्र लगाउँछु। प्रत्येक ४–४ महिनामा सार्वजनिक सुनुवाई गर्छु। तपाइँहरुलाई आफ्नो हरहिसाब बुझाउँछु। तपाइँहरुसँग सँगै बसेर विकास निर्माणका प्रत्येक योजनाको निरन्तर सामुदायिक अडिट गर्छौ। विकास निर्माणको कार्यमा भ्रष्टाचार हुन दिन्नौं,’ उनले प्रतिबद्धता जनाएका छन्।

वाचापत्रमा युवाहरुका लागि व्यवसाय गर्न सहयोग गर्ने गरी विज्ञ टोलीले सहायता गर्ने व्यवस्था मिलाउने बताइएको छ। त्यसैगरी लामिछानेले निर्वाचित भएको ६ महिनाभित्र चितवनमा लगानी सम्मेलन गर्ने र निर्वाचित भएको एक वर्ष भित्रमा अन्तर्राष्ट्रिय कृषि मेला आयोजना गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

प्रकाशित: Nov 08, 2022| 20:07 मंगलबार, कात्तिक २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...