मंगलबार, फागुन १९, २०८२

प्रचण्ड गर्मीले युरोपमा १५ हजार जनाको मृत्यु

क्षेत्रीय निर्देशक हान्स हेनरी क्लुगेले युरोपको पछिल्लो प्राप्त तथ्यांक उद्दृत गर्दै गर्मीले स्पेनमा ४ हजार, पोर्चुगलमा १ हजार, ३ हजार २०० जनाभन्दा बढी संयुक्त अधिराज्यमा, झण्डै ४ हजार ५०० जनाको जर्मनीमा ज्यान गएको बताएका हुन्।
 |  बुधबार, कात्तिक २३, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २३, २०७९

जेनेभा- विश्वभर तापक्रम बढ्दै जाँदै यस वर्ष युरोपमा प्रचण्ड गर्मीका कारण १५ हजार जनाको मृत्यु भएको युरोपका लागि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का क्षेत्रीय निर्देशकले बताएका छन्। 

क्षेत्रीय निर्देशक हान्स हेनरी क्लुगेले युरोपको पछिल्लो प्राप्त तथ्यांक उद्दृत गर्दै गर्मीले स्पेनमा ४ हजार, पोर्चुगलमा १ हजार, ३ हजार २०० जनाभन्दा बढी संयुक्त अधिराज्यमा, झण्डै ४ हजार ५०० जनाको जर्मनीमा ज्यान गएको बताएका हुन्। 

युरोपका धेरै देशमा प्रचण्ड गर्मीका कारण अत्यधिक मृत्युका विवरण आएकाले ज्यान गुमाउनेको संख्या बढ्ने अपेक्षा गरिएको डब्ल्यूएचओ क्षेत्रीय निर्देशकले वक्तव्य निकालेर बताएका छन्। मध्य साउनमा युरोपभर चलेको अतिउष्ण वायुले धेरैजना हताहत भएका फ्रान्सको राष्ट्रिय तथ्यांक तथा आर्थिक अध्ययन संस्थानले जनाएको छ। 

विश्व मौसम विज्ञान संगठनले पनि विश्वको तापक्रम चरमरूपमा बढिरहको तथा मौसम र जलवायुजन्य घटनामा सयौंको ज्यान गएको बताएको छ। बितेका ५० वर्षमा युरोपमा १ लाख ४८ हजार चरमतापका कारण मृत्युवरण गर्न बाध्य भएका संगठनले जनाएको छ। विश्वव्यापी औसत तापक्रममा १.१ डिग्री सेल्सियस वृद्धि भइरहेको छ।  -एएनआई

प्रकाशित: Nov 09, 2022| 03:05 बुधबार, कात्तिक २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।