शुक्रबार, साउन १, २०८३

तीजको दिन शेयर बजारमा छलाङ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- तीजको दिन शेयर बजार दोहोरो अंकले नेप्से बजार बढेको छ। नेप्से बजारमा आएका अधिकांश समूहहरुको परिसूचक हरियो हुदा नेप्से बजार  बढेको हो।

बुधबार नेप्से परिसूचक १३.०६ अंक बढेर एक हजार २३०.७१ विन्दुमा पुगेको छ। त्यस्तै ‘क’वर्गका कम्पनीहरुको सेन्सेटीभ इन्डेक्स पनि २.७९ प्रतिशत बढेर २६०.८० विन्दुमा पुगेको छ।

नेप्से बजारमा आएका १६५ कम्पनीहरुको ४ हजार १७७ कारोबारबाट १३ लाख ९३ हजार ६४९ शेयरको खरिदबिक्रीबाट ४३ करोड ३९ लाख ५७ हजार ६८ रुपैयाँ बराबरको कारोबार भएको छ।

ननलाईफ इन्स्योरेन्स समूहको परिसूचक सबैभन्दा बढी बढ्यो

सबैभन्दा बढी ननलाईफ इन्स्योरेन्स समूहको परिसूचक बढेको छ । उक्त समूहको परिसूचक ११३.५२ अंक बढेर ५ हजार ८७४.८५ विन्दुमा पुगेको हो। त्यसपछि माइक्रोफाइनान्स समूहको परिसूचक १५.८८, विकास बैंक समूहको परिसूचक १४.८४,  बैंकीङ समूहको परिसूचक १३.९८ बढेको छ।

हाइड्रोपावर समूहको परिसूचक ४.८१, अन्य समूहको परिसूचक ७.१९ र लाईफ इन्स्योरेन्स समूहको परिसूचक ३.९८ अंक बढेको छ। यद्यपि होटेल, फाइनान्स र उत्पादनमुलक समूहको परिसूचक क्रमशः १.४१, २.२३ र २.६८ अंक घटेको छ।

नेप्से बजारमा आएका दश समूह मध्ये सात समूहको परिसूचक बढेको छ भने तीन समूहको परिसूचकमा गिरावट आएको हो ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्