सोमबार, असार ८, २०८३

नुवाकोटमा दुई अस्थायी मतदान केन्द्र स्थापना गरिने

जिल्ला निर्वाचन कार्यालय नुवाकोटका निर्वाचन अधिकारी जयप्रसाद गौतमका अनुसार जिल्ला कारागार र जिल्ला प्रहरी कार्यालयमा अस्थायी मतदान केन्द्र स्थापना गर्न लागिएको हो।
 |  बुधबार, कात्तिक २३, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २३, २०७९

नुवाकोट- मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नुवाकोटमा दुई अस्थायी मतदान केन्द्र स्थापना गरिने भएको छ। जिल्ला निर्वाचन कार्यालय नुवाकोटका निर्वाचन अधिकारी जयप्रसाद गौतमका अनुसार जिल्ला कारागार र जिल्ला प्रहरी कार्यालयमा अस्थायी मतदान केन्द्र स्थापना गर्न लागिएको हो। 

National life

अस्थायी मतदातामा सूचीकृत भएका मतदाताहरूले प्रतिनिधिसभाका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्न पाउनेछन्। कैदीबन्दीका लागि जिल्ला कारागारमा र सुरक्षाकर्मी तथा अन्य कर्मचारीका लागि जिल्ला प्रहरी कार्यालयमा मतदानको व्यवस्था मिलाइने गौतमले जानकारी दिए। 

त्यस्तै निर्वाचन क्षेत्र नं १ मा अवस्थित निर्वाचन अधिकृतको कार्यालयमा कार्यरत कर्मचारीहरूले अमरज्योति माविमा रहेको मतदान केन्द्रबाट मतदान गर्न पाउनेछन्। साथै, ककनी गाउँपालिका-२ को वडा कार्यालयमा रहेको मतदान केन्द्रबाट सशस्त्र प्रहरी बल तालिम केन्द्रका प्रशिक्षार्थीहरूले मतदान गर्ने व्यवस्था मिलाइने छ।

नुवाकोटमा एक हजार सात सय २२ जना अस्थायी मतदाता छन्। जिल्लामा एक सय ३२ मतदानस्थलमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीले खटिएकै मतदानस्थलबाट प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्न पाउनेछन्।

प्रकाशित: Nov 09, 2022| 00:05 बुधबार, कात्तिक २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...