सोमबार, असार ८, २०८३

सागर ढकाललाई चुनाव प्रचारमा रोक नलगाउनू : आयोग

मंगलबार गृह मन्त्रालयलाई पत्राचार गर्दै आयोगले कुनै पनि नागरिकले चुनावमा भाग लिएर प्रचारप्रसार गर्न पाउने अधिकार हनन् नगर्न निर्देशन दिएको छ।
 |  मंगलबार, कात्तिक २२, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २२, २०७९

काठमाडौं- डडेल्धुराका स्वतन्त्र उम्मेदवार सागर ढकाललाई प्रशासनले माइकिङ गरेर चुनाव प्रचारप्रसारमा रोक लगाएको घटनाप्रति निर्वाचन आयोगले आपत्ति जनाएको छ। मंगलबार गृह मन्त्रालयलाई पत्राचार गर्दै आयोगले कुनै पनि नागरिकले चुनावमा भाग लिएर प्रचारप्रसार गर्न पाउने अधिकार हनन् नगर्न निर्देशन दिएको छ।

National life

निर्वाचन आचारसंहिताले खुला प्रचारका लागि समय दिएको अवस्थामा उम्मेदवारलाई माइकिङ गर्न नदिनु बहुदलीय लोकतान्त्रिक शासन प्रणालीविरुद्ध हुने आयोगले स्मरण गराएको छ। 

आयोगले गृह मन्त्रालयलाई लेखेको पत्रमा भनिएको छ, 'निर्वाचनमा उम्मेदवार भएका हरेक व्यक्तिलाई प्रतिस्पर्धाको समान अवसर प्राप्त हुन्छ भन्ने आम लोकतान्त्रिक विश्वासलाई कायम राख्नु आयोगको संवैधानिक जिम्मेवारी हो।

आवधिक निर्वाचनमा सार्वभौम अधिकारको अभिव्यक्ति मताधिकारमार्फत हुने हुँदा सार्वभौम मतदाता र आफ्नो लागि सार्वभौमको मत र विश्वास माग गर्ने उम्मेदवार दुवै कानून बमोजिम निर्वाचन प्रचारप्रसार गर्न स्वतन्त्र रहन्छन्। सार्वभौम मतदाता र उम्मेदवार दुवैलाई कानूनबमोजिम निर्वाचन प्रक्रियामा निर्वाध सहभागी हुने अक्षुण अधिकार रहेको हुन्छ, यसलाई कुनै तवरबाट अवरोध गर्न गराउन हुँदैन।'

आयोगले गृह मन्त्रालयलाई ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्वाचन रुपमा प्रचार प्रसार गर्न पाउने अवस्थाको सुनिश्चितता गर्न भनेको छ।

Shivam cement

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासमेत प्रतिस्पर्धी रहेको डडेल्धुरामा सोमबार प्रशासनले ढकाललाई माइकिङ गरेर चुनाव प्रचार गर्न रोक लगाएको घटना सार्वजनिक भएको थियो। ढकालले आफूलाई प्रशासनले चुनावमा जानै रोकेको भन्दै सामाजिक सञ्जालमार्फत गुनासो गरेका थिए।

ढकालले गुनासो गरेको केही घण्टामै जिल्ला प्रशासन कार्यालय डडेल्धुराले चुनाव प्रचारमा अवरोध नगरेको दाबी गर्दै विज्ञप्ति निकालेको थियो।

प्रकाशित: Nov 08, 2022| 19:12 मंगलबार, कात्तिक २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...