सोमबार, असार ८, २०८३

कैलाली २ : जितको खोजिमा रावल र बडुवाल, दुवैका बाधक नागरिक उन्मुक्तिका अरुन चौधरी

कैलाली २ बाट नेकपा एमालेका झपटबहादुर रावल, नेकपा माओवादी केन्द्रका भगत बहादुर बडुवाल र नागरिक उन्मुक्ती पार्टीका अरुन चौधरी चुनावी भिड्न्तमा रहेका छन्।
 |  मंगलबार, कात्तिक २२, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २२, २०७९

धनगढी- प्रतिनिधि सभा निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर २ मा त्रिपक्षीय भिड्न्त हुने देखिएको छ। दर्ता भएको एक वर्ष पुग्नै लागेको नागरिक उन्मुक्ति पार्टी अहिले यस निर्वाचन क्षेत्रमा प्रमुख प्रतिपक्षि दलहरूलाई चुनौति दिन लागेको छ।

National life

नेकपा एमाले, नेकपा माओबादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीविच मुख्य प्रतिष्पर्धि बनेका छन्। कैलाली २ बाट नेकपा एमालेका झपटबहादुर रावल, नेकपा माओवादी केन्द्रका भगत बहादुर बडुवाल र नागरिक उन्मुक्ती पार्टीका अरुन चौधरी चुनावी भिड्न्तमा रहेका छन्।

रावल र बडुवाल आफ्नो जितलाई निरन्तरता दिने रणनीतिमा छन् भने, चौधरी पहिलो जितको खोजिमा हुने छन्।

झपट रावल २०७४ को र बढुवाल २०६४ को निर्वाचनमा कैलाली २ बाट निर्वाचित भएका थिए भने अरुन कुमार चौधरी प्रतिनिधि सभा सदस्यमा पहिलो पटक चुनाव लड्दै छन्।

झपड रावल पहाडी समुदायको मत पाएर चुनाव जित्ने रणनीतिमा छन्। कैलाली २ मा पहाडी मत निर्णायक हुने र आफूले सवै पहाडी क्षेत्रको मत पाउने उनको विश्वास छ। तर, स्थानीय तहको निर्वाचनमा बर्दगोरिया बाहेक २ नम्बर क्षेत्रमा पर्ने अन्य सवै पालिकाको नेतृत्व एमालले गुमाएको छ। 

Shivam cement

स्थानीय तहभन्दा अहिले परिस्थिति फरक रहेकाले चुनाव जित्ने रावलको दाबी छ। उनले राजनीतिक मुद्दामा एमालले लगेको अडान, देशमा एमालले गरेको विकास र आफूले ५ वर्षमा गरेका कामको मुल्याङ्कन गरेर जनताले भोट दिने बताए। ‘हामी स्पष्ट धारण र मुद्दाका साथ चुनावमा आएका छौं,’ उनले भने, ‘अन्य दल एमालेको जस्तो मुद्दा छैनन्, त्यसैले जनताले एमालेलाई जिताउने छन्।'

तर सोही क्षेत्रका प्रभावशाली नेता तथा एमाले कैलालीका अध्यक्ष समेत रहेका रनत थापा लगायत थुप्रै नेता एमाले छोडेर नागरिक उन्मुक्ति पार्टी प्रवेस गरेका छन्। यसले रावललाई उनलाई चुनाव जित्न चुनौति थपिने छ। कैलाली-२ मा पर्ने पालीकामा एमालले गत स्थानीय तहको निर्वाचनमा १५ हजार ५ सय ६० मत पाएको थियो।

२०६४ को निर्वाचनमा विजयी भएका नेकपा माओबादी केन्द्रका उम्मेदवार बडुवाल भने गठबन्धनको साथ पाएर चुनाव जित्नेमा आसाबादी छन्। २ नम्बर क्षेत्रमा पर्ने लम्कीचुहा नगरपालिका र मोहन्याल गाउँपाकिामा गठबन्धनका उम्मेदवार विजयी भएका छन्। यो मतको सदुपयोग गरेर चुनाव जित्न सकिने उनको दाउ हुने छ। 

उनले संविधान जोगाउनका लागि जनताले आफूलाई मत दिने बताए। ‘संविधान नै समाप्त पार्ने शक्तिलाई जनताले समाप्त पार्ने छन्,’ बडुवालले भने, ‘गठबन्धनका कारण हामी त्यसैपनि बलियो छौं, चुनाव जित्नेमा ढुक्क छु।’ 

तर गठबन्धनमा सवैभन्दा ठूलो शक्ति रहेको नेपाली कांग्रेसबाट मत पाउनु उनको चुनौति बन्न सक्दछ। आफ्नो जित निश्चित रहेको स्थान माओवादी केन्द्रलाई छोडेको भन्दै क्षेत्र नम्बर–२ का धेरै कांग्रेस नेता कार्यकर्ता रुष्ट बनेका छन्। रुष्ट मतदातालाई मनाउनु उनको चुनौति हुने छ।

कैलाली २ का पालिकामा गत स्थानीय तहको निर्वाचनमा गठबन्धनले १८ हजार ९ सय ९१ मत पाएको थियो। सो मध्य नेपाली कांग्रेसले मात्रै ११ हजार २ सय ३८ मत ल्याएको छ।

स्थानीय तहको निर्वाचनबाट बलियो देखिएको नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार अरुण चौधरी भने दुई पहाडी नेता उम्मेदवार हुँदा पहाडी मत विभाजन हुने र आफू चुनाव जित्नेमा आशावादी देखिन्छन्। 

नागरिक उन्मुक्ति पार्टीले गत स्थानीय तहको निर्वाचनमा सो क्षेत्रमा पर्ने पालिकाबाट चार हजार ९ सय ४९ मत पाएको थियो। तर, पहाडी क्षेत्रका मतदाताको मत विभाजन हुने उनको अनुमान छ। स्थानीय तहको निर्वाचन पछि एमालेका अध्यक्ष्ँ रतन थापा सहतिका तेना नागरिक उन्मुुक्ति प्रवेस गरेका कारण सो समुहको मत समेत तान्न सके चुनाव जित्ने उनको रणनीति रहेको छ। आफु पनि कांग्रेसबाट नागरिक उन्मुक्ति पार्टीमा लागेका अरुण कांग्रेसका युवाको भोट पनि आफुले पाउने दावि गर्छन्।

‘सवै क्षेत्रमा जाँदा युवाको रोजाइमा हामी पर्ने गरेका छौं,’ चौधरीले भने, ‘बुढापाकाको पनि राम्रै सद्भाव पाएका छौं, त्यसैले हामी चुनाव जित्ने छौं।’

चुनाव जिते सडक, कृषि र शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने उनले बताए। ‘विद्यालयमा हुने फोहोरी राजनीति अन्यत गरेर शिक्षामा परिवर्तन ल्याउने मेरो एजेण्डा हो,’ उनले भने, ‘त्यसबाहेक पहाडी भेगमा कृषिको आधुनिकिकरण र स्तरिय सडक निर्माण गर्नुपर्छ भन्ने लागेको छ।’

चौधरीको दल नयाँ भए पनि उनी परिचित नै अनुहार हुन्। तत्कालीन फोरम लोकतान्त्रिक हुँदै कांग्रेसमा पुगेका उनी २०७४ को चुनावमा प्रदेशसभा सदस्यको उम्मेदवार थिए। सो चुनावमा उनि दोश्रो बढी मत ल्याउने उम्मेदवार रहेका थिए।

कैलाली क्षेत्र नम्बर–२ मा लम्कीचुहा नगरपालिका, बर्दगोरिया गाउँपालिका, जानकी गाउँपालिका वडा २, ५, ८ र ९ तथा  मोहन्याल गाउँपालिकाका वडा नम्बर १-४ पर्दछन्।

प्रकाशित: Nov 08, 2022| 18:52 मंगलबार, कात्तिक २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...