सोमबार, असार ८, २०८३

कर्णालीको विकासलाई प्राथमिकतामा राखिन्छ : अध्यक्ष प्रचण्ड

कर्णालीको विकासबारे सत्ता गठबन्धनका बैठकहरुमा पनि छलफल हुने गरेको भनदै उनले आगामी दिनमा आफूले कर्णालीको विकासका बारेमा थप जोड दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
 |  मंगलबार, कात्तिक २२, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २२, २०७९

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कर्णालीको विकास आफ्नो प्राथमिकतामा रहेको बताएका छन्।

National life

कर्णालीको विकासबारे सत्ता गठबन्धनका बैठकहरुमा पनि छलफल हुने गरेको भनदै उनले आगामी दिनमा आफूले कर्णालीको विकासका बारेमा थप जोड दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

जुम्लाको खलंगामा आज आयोजित सभालाई सम्बोधन गर्दै उनले कर्णालीको जुम्लामा उत्पादन हुने मार्सी चामलको चर्चा अहिले निकै भएको भन्दै मार्सी चामललाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन आवश्यक सहयोग गर्ने पनि बताए।

उनले भने, ‘त्यो विषय मसँग पनि जोडियो। एक पटक मार्सी चामलको भात के खाएका थियौँ, निकै चर्चामा आयो। त्यसले बजारीकरणमा टेवा पुग्यो। यहाँको स्याउ, गेडागुडी, सिमी, स्याउको पनि उत्तिकै चर्चा छ। यसको उत्पादनमा वृद्धि गर्नाका साथै प्याकेजिङ र बजारीकरणमा विशेष जोड दिइने छ।’

यस्तै जुम्लाको सिञ्जा खस सभ्यताको उद्गमस्थल रहेको भन्दै यसको संरक्षण प्रवर्द्धनका लागि प्रतिष्ठान स्थापना गरी जगेर्ना गरिने अध्यक्ष प्रचण्डले बताए। उनले गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउन जुम्लाका नागरिकसँग आग्रह पनि गरे। उनले आफूहरु निरङ्कुशताका विरुद्ध १२ बुँदे सम्झौता हुँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्रबाट प्रतिगमनविरुद्ध एकजुट भएर निर्वाचनमा होमिएको बताए।

Shivam cement

अध्यक्ष प्रचण्डले संविधानको रक्षा गर्न र विकासको अर्को चरणको सुरुआत गर्न नेपालमा निर्वाचनपछि वर्तमान गठबन्धनकै बहुमतको सरकार सञ्चालन हुने जानकारी दिए।

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कर्णालीको विकास र रोजगारी सिर्जना गर्न मंसिर ४ पछि सङ्घीय सरकारदेखि कर्णाली प्रदेशमा पनि सत्ता गबठन्धनको सरकार सञ्चालन हुने बताए। जुम्लाका गठबन्धन उम्मेदवारलाई जिताउन जुम्ली जनतासँग उनले आग्रह गरे।

कर्णालीको स्वास्थ्य, शिक्षा खानेपानी र यतायात क्षेत्रमा विशेष बजेटको व्यवस्था गरी प्रदेशका १० वटै जिल्लाको विकासका लागि सत्ता गठबन्धनको सरकारको आवश्यक रहेको उपसभापति खड्काले जानकारी दिए।

अबको सरकारले कर्णालीको विकास गर्न विशेष बजेटको व्यवस्थापन गर्ने पनि उपसभापति खड्काले जानकारी दिए। माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस उपसभापति खड्काले एकै दिन जुम्ला, कालीकोट र हुम्लामा भएका चुनावी सभलाई सम्बोधन गरेका छन्।

जुम्लामा गबन्धनबाट प्रतिनिधिसभा सदस्यमा गोमा गौतम कुँवर, प्रदेश सभा (क) मा ललितजङ्ग शाही र प्रदेश (ख) बाट नेकपा (एकीकृत समाजवादी) का पदमबहादुर रोकाया चुनावी मैदानमा छन्।

यसअघि अध्यक्ष प्रचण्डले सत्ता गठबन्धनका प्रतिनिधिसभा सदस्य उम्मेदवार गोमा गौतम कुँवरलाई मन्त्री बनाउने प्रतिबद्धता पनि सभामा व्यक्त गरेका थिए। ‘गोमाजीलाई जिताएर पठाउनुस् मन्त्री बनाउने जिम्मा हाम्रो भयो।’ उनले भने।

प्रकाशित: Nov 08, 2022| 18:15 मंगलबार, कात्तिक २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...