मंगलबार, फागुन १९, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • द्विपक्षीय सहयोग बढाउन कम्बोडिया र भियतनामबीच ११ दस्तावेजमा हस्ताक्षर

द्विपक्षीय सहयोग बढाउन कम्बोडिया र भियतनामबीच ११ दस्तावेजमा हस्ताक्षर

हुन सेन शान्ति दरबारमा भएको भेटवार्तापछि दुवै देशका सम्बद्ध अधिकारीले दस्तावेजमा हस्ताक्षर गरेका हुन सेनका निजी सहायक इआङ सोफालेथले बताएका छन्।
 |  बुधबार, कात्तिक २३, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २३, २०७९

नोमपेन- कम्बोडिया र भियतनामले पारस्परिक सम्बन्ध र सहयोगलाई थप सघन तुल्याउन ११ वटा दस्तावेजमा हस्ताक्षर गरेका छन्। 

कम्बोडियाको भ्रमणमा रहेका भियतनामका प्रधानमन्त्री फाम मिन्ह चिन र कम्बोडियाका प्रधानमन्त्री सम्देच टेकोबीच हुन सेन शान्ति दरबारमा भएको भेटवार्तापछि दुवै देशका सम्बद्ध अधिकारीले दस्तावेजमा हस्ताक्षर गरेका  हुन सेनका निजी सहायक इआङ सोफालेथले बताएका छन्। 

सीमापार यातायात, कृषि, सीमावर्ती व्यापार प्रवद्र्धन, सञ्चार, सूचना तथा सञ्चार प्रविधि, धर्म, श्रम, बैंकिङ लगायत क्षेत्रमा द्विपक्षीय सहयोग समेटिएको उनले बताए।

भेटवार्ताका क्रममा २ नेताबीच द्विपक्षीय सहयोगका साथै साझा चासो र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयमा विचार आदानप्रदान भएको थियो। भियतनामी प्रधानमन्त्री २ दिने औपचारिक भ्रमणका क्रममा मंगलवारै आइपुगेका हुन्।  -सिन्ह्वा


kumari

प्रकाशित: Nov 09, 2022| 01:05 बुधबार, कात्तिक २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।