काठमाडौं- निर्वाचन आयोगले परिचय खुल्ने परिचयपत्रको आधारमा भोट हाल्न पाइने निर्णय गरेको छ।
आयोगबाट मतदातालाई परिचयपत्र वितरण भएको भए पनि कतिपय मतदाताको परिचयपत्र हराएको अवस्थामा परिचय खुल्ने परिचयपत्रको आधारमा भोट हाल्न पाइने निर्णय गरेको हो।
आगामी निर्वाचनका लागि आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाणपुर्जा, सवारीचालक अनुमतिपत्रको सक्कल प्रमाण भएमा भोट हाल्न पाइने आयोगले जनाएको छ।