काठमाडौं– आफूले दायर गरेका मुद्दाहरुमा विशेष अदालतले बदनियतपूर्ण ढंगले सफाइ दिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले असन्तुष्टि जनाएको छ। आज मंगलबार पत्रकार सम्मेलन गरी अख्यितयारले विशेष अदालतले गरेका फैसला त्रुटीपूर्ण रहेको भन्दै असन्तुष्टि जनाएको हो।
गत साउनयता तीन महिनामा भएका १६४ फैसलामध्ये १४३ मुद्दामा विशेषले सफाइ दिएको थियो। सफाइ दिएकामध्ये १२४ वटा मुद्दाको फैसला चित्त नबुझेको भन्दै अख्तियारले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।
अख्तियारले प्रमाणका रुपमा पेश गरेका कागजातलाई समेत नमानी अदालतले लापरवाहीपूर्ण तरिकाले सफाइ दिन थालेपछि दोषीहरु उम्किन थालेको बुझाइ अख्तियारको छ।