सोमबार, असार ८, २०८३

यसरी हुँदैछ निर्वाचनको सुरक्षा तयारी, देशभर खटाइँदै २ लाख ९६ हजार सुरक्षाकर्मी

प्रतिनिधिसभातर्फ १६५ र प्रदेशतर्फ ३३० गरी कुल ४९५ प्रतिनिधि चयनका लागि हुन लागेको निर्वाचनमा प्रतिनिधिसभातर्फ २ हजार ४१२ र प्रदेशसभातर्फ ३ हजार २२४ जनाले उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचनलाई शान्तिपूर्ण ढंगले सम्पन्न गर्न र सुरक्षा व्यवस्था चुस्त पार्न आयोगका कर्मचारी, प्रहरी र सेना चुनावी मैदानमा खटिन लागेका हुन्।
 |  मंगलबार, कात्तिक २२, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २२, २०७९

काठमाडौं– ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मिति नजिकिन अब १२ दिन मात्रै बाँकी छ। निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न तीनै तहका सुरक्षाकर्मीसहित म्यादी प्रहरी निर्वाचनमा खटिँदै छन्। नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र म्यादी प्रहरी गरी कुल २ लाख ९६ हजार ४३४ सुरक्षाकर्मी यस पटकको निर्वाचनमा खटिनेछन्।

National life

प्रतिनिधिसभातर्फ १६५ र प्रदेशतर्फ ३३० गरी कुल ४९५ प्रतिनिधि चयनका लागि हुन लागेको निर्वाचनमा प्रतिनिधिसभातर्फ २ हजार ४१२ र प्रदेशसभातर्फ ३ हजार २२४ जनाले उम्मेदवारी दर्ता गराएका छन्। देशभर कुल १ करोड ७९ लाख ८८ हजार मतदाता रहेकामा निर्वाचनलाई शान्तिपूर्ण ढंगले सम्पन्न गर्न सुरक्षा व्यवस्था चुस्त पार्न आयोगका कर्मचारी, प्रहरी र सेना खटिन लागेका हुन्।

नेपाल प्रहरीबाट ७१ हजार ६९३ जना निर्वाचनमा खटिन लागेको प्रवक्ता डीआईजी टेकप्रसाद राईले जानकारी दिए। उनका अनुसार जिल्लाबाटै पर्याप्त सुरक्षाकर्मी खटाउन नसक्ने अवस्था भएकाले केन्द्रीय कार्यालयबाट विभिन्न चरणमा गरी ११ हजार ९६१ सुरक्षाकर्मी काठमाडौंबाहिर पठाइँदै छ। मंगलबारदेखि २७ कात्तिकसम्म सबै जिल्लामा आवश्यक मात्रामा सुरक्षाकर्मी व्यवस्थापन गरिसक्ने उनले बताए। यसैगरी निर्वाचनमा १ लाख १५ हजार म्यादी प्रहरी पनि खटिनेछन्। निर्वाचनका लागि केन्द्रीय प्रहरी कार्यालयले ४० दिनका लागि गत भदौमा म्यादी प्रहरी भर्ना खोलेको थियो। 

यसैगरी सशस्त्र प्रहरीबाट ३४ हजार ८३८ सुरक्षाकर्मी निर्वाचनमा खटिन लागेको प्रवक्ता पुरुषोत्तम थापाले बताए। निर्वाचनमा नेपाली सेनाबाट ७४ हजार ९०० सुरक्षाकर्मी खटिन लागेको नेपाली सेनाका प्रवक्ता सहायक महारथी नारायण सिलवालले जानकारी दिए । 

प्रतिनिधिसभातर्फ १६५ र प्रदेशतर्फ ३३० गरी कुल ४९५ प्रतिनिधि चयनका लागि हुन लागेको निर्वाचनमा प्रतिनिधिसभातर्फ २ हजार ४१२ र प्रदेशसभातर्फ ३ हजार २२४ जनाले उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचनलाई शान्तिपूर्ण ढंगले सम्पन्न गर्न र सुरक्षा व्यवस्था चुस्त पार्न आयोगका कर्मचारी, प्रहरी र सेना चुनावी मैदानमा खटिन लागेका हुन्।

आयोगले निर्वाचनका लागि देशभर १० हजार ८८८ मतदान स्थल तथा केन्द्र तोकेको छ।  आयोगले सुरक्षा संवेदनशीलताका हिसाबले सामान्य, संवेदनशील र अति संवेदनशील गरी तीन भागमा विभाजन गरेको छ। 

Shivam cement

सामान्य मतदान स्थलअन्तर्गत ३ हजार ५६ मतदान केन्द्र छन्। निर्वाचन स्थलको पहिलो घेरामा प्रहरी र म्यादी प्रहरी रहनेछन् भने दोस्रोमा सशस्त्र प्रहरी। तेस्रो घेरामा रहने सेनाले मतपत्र ओसारपसार, मतपेटिका ढुवानी तथा सुरक्षा, बम तथा विस्फोटक पदार्थ निस्तेज र मतदान प्रभावित पार्नबाट रोक्ने काम गर्नेछ।

सुरक्षाका आधारमा सामान्य भागमा पर्ने निर्वाचन क्षेत्रमा ३ जना प्रहरी र ५ जना म्यादी खटाउने तयारी आयोगको छ। यसैगरी ४ हजार ४२० संवेदनशील निर्वाचन क्षेत्रमा ३ जना प्रहरी र ६ म्यादी तथा अति संवेदनशील निर्वाचन स्थलको पहिलो घेरामा ६ जना प्रहरी र ६ जना म्यादी खटाउने तयारी आयोगको छ। निर्वाचन स्थलको सुरक्षा संवेदनशीलतालाई हेरेर त्यसअनुसार सुरक्षाकर्मी थप्ने गरी जनशक्ति प्रवाह गरिने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए। 

सुरक्षाकर्मीबाहेक मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृत, मतदान अधिकृत, सहायक मतदान अधिकृतलगायतका जनशक्ति पनि निर्वाचन स्थलमा खटिनेछन्। यसबाहेक गृह मन्त्रालयले ‘इमर्जेन्सी’ अवस्थाका लागि सबै क्षेत्रमा प्रहरी, सशस्त्र र सेनालाई ‘हाई अलर्ट’मा बस्न निर्देशन दिइसकेको छ। 

प्रकाशित: Nov 08, 2022| 17:13 मंगलबार, कात्तिक २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...