काठमाडौं- देशका विभिन्न स्थानमा सात जनाको शव फेला परेको छ। मोरङको मिक्लाजुङ्ग गाउँपालिका-१ बर्खेस्थित खोल्सीमा सोही गाउँपालिका आले बस्ने ४३ वर्षीय मोति बहादुर राई सोमबार मृत अवस्थामा फेला परेका छन्।
मकवानपुरको भिमफेदी गाउँपालिका-८ कोगटेस्थित दोभान खोलाको ढुंगाको काप्चामा ईन्द्रसरोबर गाउँपालिका-३ काप्राङ बस्ने ५७ वर्षीय संचार थिङ सोमबार मृत अवस्थामा फेला परेका छन्।
सुनसरीको इटहरी उपमहानगरपालिका-९ विराटनगर लाईनस्थित सोही उपमहानगरपालिका-८ बस्ने ४५ वर्षीय कपिल हरिजन सोमबार मृत अबस्थामा फेला परेका छन्।
तनहुँको देवघाट गाउँपालिका-२ जरम बस्ने ८० वर्षीय चन्द्र बहादुर थापा आफ्नै घर पछाडी रहेको भिरमा सोमबार मृत अवस्थामा फेला परेका छन्। आइतबार बिहानको खाना खाई घर नजिक रहेको बारीमा जान्छु भनी गएकोमा घर फर्की नआएपछि खोजी गर्ने क्रममा उनको शव फेला परेको हो।
काठमाडौंको टोखा नगरपालिका-८ बानियाँटार पुल नजिक हाल पहिचान नखुलेका अन्दाजी ४० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन्।
गोरखाको आरुघाट गाउँपालिका-१ साब्चेत सामुदायिक वन र दोरत सामुदायिक वनको सिमानाको जंगलको तीन खापे ढुङ्गाको कप्चेरोमा हाल पहिचान नखुलेका अन्दाजी ४० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन्।
सुनसरीको धरान उपमहानगरपालिक-१८ सुन्दर बजारमा हाल पहिचान नखुलेका अन्दाजी ५० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन्। सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।