काठमाडौं–यो साता नेप्से कारोबार १२०४–१२७२ विन्दुभित्र रहने भएको छ । नयाँ संकेतको विकाससँगै कारोबार रकममा बढोत्तरीले खरिदकर्ताहरु सक्रियता हावि हुदाँ परिसूचक बढ्ने देखिएको हो ।
नेप्सेका प्रविधिक विश्लेषक धनकुमार राईले नेप्से कारोबार १२०४ भन्दामाथि कम्तिमा पनि १२७२ बिन्दुभित्र रहन संघर्षरत भएको बताए । उनकाअनुसार नेप्से बजार बढेर घट्ने तथा घटेर बढ्ने भएकोले दैनिक कारोबारले साप्ताहिक र मासिक बजार चक्रमा भुमिका बनाइरहेको छ ।
गत साताको बजार बढ्न नया संकेत विकसित हुनु पर्ने तर्कअनुसार डबल बटम विकसित भएको र साप्ताहिक स्वभाविक गणितिय हाम्रो आंकलन १२१२ लाई उछिनेर बजार अगाडी बढ्दै १२५० नजिक पुगर फेरी १२२९ मा बन्द हुदा बजारको करिब तीन गुणाभन्दा बढि बढेको कारोबार रकमले सिधै हतोत्साहित लगानीकर्ता तथा पर्ख र हेरको बीचमा रहेका लगानीकर्ताहरुको सक्रियता बढेको संकेत छ ।
‘बजारले बुल प्रमाणित गर्न १२५० लाई उछिन्नै पर्ने भएकोले गणना र बजारको एक्स्टेन्सन विधिअनुसार धेरै रिट्रेसमेन्ट लिए १२०४ देखि १२१९ र बढ्न पुगेमा कम्तिमा पनि १२७२ सम्म पुग्ने देखिन्छ,’ प्राविधिक विश्लेषक राईले भने ‘दैनिक चार्टमा १२१० को नेकलाइन क्रस भइसकेको डबल पैटर्नले म्यान्डेट प्राप्त गरेको हुनाले अझ बढ्नै पेर्ने प्रभावले काम गर्ने हेक्का राखेर उतारचढावको स्वभाविक प्रक्रियामा भाग लिन सकिने देखिन्छ ।’
उनकाअनुसार नेप्सेको प्राविधिक पिभोर्ट र डी–मार्कसको गणितअनुसार आउने साता बजारले धेरै तल आएमा १२०४ देखि कम्तिमा पनि १२७२ बिन्दुभित्र सक्रिय कारोबार रहेको अनुमान गर्न सकिन्छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४