सोमबार, वैशाख २८, २०८३

उदयपुरमा अटो दुर्घटना : बालकको मृत्यु, ८ जना घाइते

अटो रिक्साको ब्रेक फेल भएर दुर्घटना हुँदा उदयपुरमा एक बालकको ज्यान गएको छ।
 |  मंगलबार, कात्तिक २२, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २२, २०७९

उदयपुर- अटो रिक्साको ब्रेक फेल भएर दुर्घटना हुँदा उदयपुरमा एक बालकको ज्यान गएको छ। सगरमाथा लोकमार्गअन्तर्गत साउनेबाट गाईघाट आउँदै गरेको प्र १-०५-००१ ह ००२७ नम्बरको अटो दुर्घटना हुँदा पाँच वर्षीय बालकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। 

National life

क्षमताभन्दा बढी यात्रु लिएर साउनेबाट गाईघाट आउँदै गरेको प्र १-०५-००१ ह ००२७ नम्बरको अटो सोमबार साँझ त्रियुगा नगरपालिका-१४ दियालेमा दुर्घटना हुँदा नौजना घाइते भएका थिए। 

घाइतेमध्ये त्रियुगा नगरपालिका-४ बगाहाका तीर्थ मगरको पाँच वर्षीय छोरा नुजल मगरको उपचारको क्रममा जिल्ला अस्पताल गाईघाटमा ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका प्रमुख वरिष्ठ प्रहरी नायब निरिक्षक लोकबहादुर दियालीले जानकारी दिए। 

दुर्घटनामा घाइतेहरूमा त्रियुगा नगरपालिका-४ बगाहाका ४७ वर्षीय लीलाबहादुर मगर, ३३ वर्षीय लीला मगर, २६ वर्षीय बालिका मगर, त्रियुगा नगरपालिका-१५ का २९ वर्षीय मानबहादुर मगर, ४४ वर्षीय सहिबहादुर मगर, सहीबहादुरकी ४४ वर्षीया श्रीमती डिकमाया मगर, २० वर्षीय चेतना मगर र १५ वर्षीय राजकुमार मगर घाइते भएका छन्। उनीहरूको जिल्ला अस्पताल गाईघाटमा उपचार भई रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। 

अटोमा क्षमताभन्दा बढी सवार रहेकाले पनि ब्रेक फेल भएको हुनसक्ने प्रहरीले जनाएको छ। साउनेबाट गाईघाटतर्फ आउँदै गरेको अटोको अचानक ब्रेक फेल भई सडक छेउको भित्तामा ठोक्किएको थियो।

प्रकाशित: Nov 08, 2022| 12:12 मंगलबार, कात्तिक २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।