रुपन्देही- रुपन्देहीको गैडहवा गाउपालिका-२ मा दुई ओटा मोटरसाइकल ठोक्किँला दुबै चालकको मृत्यु भएको छ।
लु५ प ९७ ३२ नम्बरको मोटरसाइकल र लु७६ प ३३ ७२ नम्बरको मोटरसाइकल सोमबार ठोक्किएका थिए।
दुर्घटनामा परी गैडहवा गाउँपालिका-२ जोगडा बस्ने २३ वर्षीय सन्तोष पासी र १६ वर्षीय निरज लोधको मृत्यु भएको हो।
गम्भीर घाइते भएका पासीको सिटी अस्पताल भैरहवामा र लोधको भीम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय सूर्यपुराले जनाएको छ।