शुक्रबार, साउन ८, २०८३

आज चन्द्रग्रहण लाग्दै, कुन राशिलाई शुभ र अशुभ?

बेलुकी ५:११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको हो। ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको हो।
 |  मंगलबार, कात्तिक २२, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २२, २०७९

काठमाडौं- आज ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्दै छ। बेलुकी ५:१३ बजे सूर्यास्त भएपछि ग्रहण स्पष्टरूपमा देखिने छ। बेलुकी ५:२७ बजे ग्रहणको उन्मीलन हुने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। बेलुकी ६:३४ बजे ग्रहण सकिन्छ। एक घण्टा २३ मिनेट नेपालबाट ग्रहण देखिनेछ।

बेलुकी ५:११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको हो। ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको हो। 

भरणी नक्षत्र र मेष राशिका व्यक्तिलाई अतिकष्टदायक रहेको समितिले जनाएको छ। 

चन्द्रग्रहण मेष राशिलाई घात, वृष राशिलाई व्यय, मिथुन राशिलाई लाभ, कर्कट राशिलाई सुख, सिंह राशिलाई माननाश, कन्या राशिलाई कष्ट फल दिने योग रहेको समितिले प्रकाशन गरेको ‘राष्ट्रिय पञ्चाङ्गम्’ मा उल्लेख गरिएको छ। 

तुला राशिलाई स्त्रीपीडा, वृश्चिक राशिलाई सुख, धनु राशिलाई चिन्ता, मकर राशिलाई व्यथा, कुम्भ राशिलाई श्रीप्राप्ति र मीन राशिलाई क्षतिको फल मिल्ने पनि उल्लेख गरिएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए। 

चन्द्रग्रहणको नौ घण्टाअघिदेखि सुतक लाग्ने धर्मशास्त्रका ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले बताए।  

आज बिहान ८:११ बजेदेखि बाल, वृद्ध र बिरामीबाहेकलाई भोजन निषेध गरिएको छ। बेलुकी ६:३४ बजे ग्रहण सकिएपछि मात्र भोजन गर्न हुने पनि उनले बताए। ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायत कर्म गर्दा फलदायी हुने शास्त्रीय मान्यता छ।

यसअघि यही कात्तिक ८ गते मंगलबार कार्तिक कृष्ण औँसीका दिन सूर्यग्रहण लागेको थियो। औँसीमा सूर्यग्रहण र पूर्णिमामा चन्द्रग्रहण लाग्छ।

प्रकाशित: Nov 08, 2022| 06:54 मंगलबार, कात्तिक २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।