आइतबार, जेठ २५, २०८२

आजको राशिफल [२०७९ कात्तिक २२]

आज २०७९ कात्तिक २२ गते तदनुसार ८ नोभेम्बर २०२२ मंगलबार। कार्तिक शुक्ल पूर्णिमा पञ्चाङ्ग: व्यतिपात बव भरणी , खग्रास चन्द्रग्रहण/गुरु नानक जयन्ती (सिख धर्मावलम्बीहरुलाई मात्र)/निम्बार्काचार्य जयन्ती/चतुर्मास व्रत समाप्ति /कार्तिक स्नान समाप्ति/विश्व रेडियोग्राफी दिवस।
 |  मंगलबार, कात्तिक २२, २०७९
nespernesper

ज्यो. विवेक पाण्डेय

ज्यो. विवेक पाण्डेय

मंगलबार, कात्तिक २२, २०७९

vianetvianet

आज २०७९ कात्तिक २२ गते तदनुसार ८ नोभेम्बर २०२२ मंगलबार। कार्तिक शुक्ल पूर्णिमा पञ्चाङ्ग: व्यतिपात बव भरणी , खग्रास चन्द्रग्रहण/गुरु नानक जयन्ती (सिख धर्मावलम्बीहरुलाई मात्र)/निम्बार्काचार्य जयन्ती/चतुर्मास व्रत समाप्ति /कार्तिक स्नान समाप्ति/विश्व रेडियोग्राफी दिवस।

मेष- चु, चे, चो, ला, लि, लु, ले, लो, अ  

आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। विशिष्ट व्यक्तिको सहयोग मिल्ला। विद्या र बुद्धिको विकास हुनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ।

मिथुन-  का, कि, कु, घ, ङ, छ, के, को, हा 

आज प्रेमीको सहयोग प्राप्त हुनेछ। शेयर बजारमा रुचि बढ्नेछ। चिन्ता छाडेर चिन्तन गर्ने समय छ। कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ।

National life insurance

सिंह- मा, मि, मु, मे, मो, टा, टि, टु, टे 

महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। बहुमूल्य वस्तु हात पर्नेछ। साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ।

तुला-  रा, रि, रु, रे, रो, ता, ति, तु, ते 

आँटेको र ताकेको कार्य पुरा होला। कार्य सम्पादनमा सहजता मिल्नेछ। व्यापार व्यवसायमा सफलता मिल्नेछ। वैदेशिक कार्य अघि बढ्नेछ।

धनु- ये, यो, भा, भि, भु, धा, फा, ढा, भे  

आज रमणीय र सुखद् यात्राको योग छ। दैनिक कार्यमा प्रगति हुनेछ। वित्तिय संस्थाबाट सहयोग पाईने छ। दिनको उत्तरार्ध अधिक सुखद् रहनेछ।

कुम्भ- गु, गे, गो, सा, सि, सु, से, सो, दा  

लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन्। सामाजिक कार्यमा मन जानेछ। शुभकार्यको चर्चा चल्ने र सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ।

वृष- इ, उ, ए, ओ, वा, वि, वु, वे, वो  

आर्थिक कारोबारमा मन्दी आउनेछ। मनमा दुबिधा उत्पन्न होला। सौन्दर्यतामा धन खर्च हुनेछ। प्रेममा मनमुटावका साथै मन कमजोर रहला।

कर्कट- हि, हु, हे, हो, डा, डि, डु, डे, डो  

रमाइलो यात्राको योग रहेको छ। बन्धुबान्धवबाट सहयोग मिल्नेछ। राजनैतिक कार्यमा सफलता मिल्नेछ। मनमा हर्ष, उमङ्ग र उत्साह रहला।

कन्या- टो, पा, पि, पु, ष, ण, ठ, पे, पो  

आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। नजिक व्यक्तिबाट धोका पाइनसक्छ, सचेत रहनुहोला। मान्यजनको सुझाव अप्रिय पनि लाग्नेछ।

वृश्चिक- तो, ना, नि, नु, ने, नो, या, यि, यु  

नयाँ कामको योजना बन्नेछ। रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ। जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ।

मकर- भो, जा, जि, जु,जे, जो, ख, खि, खु, खे, खो, गा, गि  

आज यात्रामा मालसामान हराउन सक्छ। कार्यब सम्पादनमा समस्या आउला। चोटपटकको भय छ सचेत रहनुहोला, तर साँझमा काम बन्नेछ।

मीन- दि, दु, थ, झ, ञ, दे, दो, चा, चि 

आज रमणीय र सुखद् यात्राको योग छ। आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। न्यायिक कार्यमा सफलता पनि मिल्नेछ।

(जन्मकुण्डली र हस्तरेखामा आधारित भविष्यवाणी र वास्तुसम्बन्धी परामर्श प्रदान गर्दै आएका प्रसिद्ध ज्योतिष  गुरु बिबेक पाण्डेयलाई ९८१२००५३७८ मा सम्पर्क गर्न सक्नुहुनेछ।)

प्रकाशित: Nov 08, 2022| 06:25 मंगलबार, कात्तिक २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।