मंगलबार, फागुन १९, २०८२

गिनीमा सडक दुर्घटना हुँदा २२ जनाको मृत्यु

किन्दियाको छिमेकी मामोउ क्षेत्रबाट आएको ट्रक कोनाक्रीदेखि किन्डिया जाने राष्ट्रिय सडकमा दुर्घटना भएको गिनीको संक्रमणकालीन सरकारले जानकारी दिएको छ।
 |  मंगलबार, कात्तिक २२, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २२, २०७९

kumari

कोनाक्री- पश्चिमी गिनीको किन्डिया क्षेत्रमा आइतबार धेरै विद्यार्थी बोकेको एउटा मिनीबस एक ट्रकसँग ठोक्किँदा कम्तीमा २२ जनाको मृत्यु हुनुको साथै अन्य आठ जना घाइते भएका छन्।

किन्दियाको छिमेकी मामोउ क्षेत्रबाट आएको ट्रक कोनाक्रीदेखि किन्डिया जाने राष्ट्रिय सडकमा दुर्घटना भएको गिनीको संक्रमणकालीन सरकारले जानकारी दिएको छ। 

विशेष सेवाहरु शोकसन्तप्त परिवारहरूलाई सहयोग प्रदान गर्न परिचालन गरिएको छ। सरकारले किन्डिया क्षेत्रीय अस्पतालमा घाइतेहरूको उपचार गरिरहेको सरकारी प्रवक्ता ओस्मान गौअल डायलोले बताएका छन्। दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको जनाइएको छ।  -सिन्ह्वा

प्रकाशित: Nov 08, 2022| 03:05 मंगलबार, कात्तिक २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।