सोमबार, कात्तिक ३, २०८२

जन–प्रश्न बाँड्दै घरघर कुदिरहेका स्वतन्त्र उम्मेदवार 'जग्गु'

घरमा भेटिएका सदस्यको हातमा हुलाकीले झैं पहेंलो खाम थमाउँछन्। राजनीतिक गफगाफ गर्दै खाम खोलेर पढिदिन अनुरोध गर्छन् र अर्को घरको ढोका ढकढक्याउन पुग्छन्।
 |  मंगलबार, कात्तिक २२, २०७९

राज सरगम

राज सरगम

मंगलबार, कात्तिक २२, २०७९

काठमाडौं- एक हातमा खाम र अर्को हातमा लालटिन समाएर बिहानै घरबाट निस्किन्छन्, जगन्नाथ लामिछाने। घरी दौडिएर तर घरी छिटोछिटो हिँडेर काठमाडौं क्षेत्र नम्बर ५ (ख) का बासिन्दाको घरको ढोका ढकक्याउन पुग्छन् उनी। घरमा भेटिएका सदस्यको हातमा हुलाकीले झैं पहेंलो खाम थमाउँछन्। राजनीतिक गफगाफ गर्दै खाम खोलेर पढिदिन अनुरोध गर्छन् र अर्को घरको ढोका ढकढक्याउन पुग्छन्। 

Kumaribank

आइतबार मात्रै उनले काठमाडौंको दस किलोमिटरभित्र पर्ने घरका सबै ढोका ढकढक्याएर २२ सय वटा खाम बाँडे। त्यसैगरी सोमबार बिहान सात किलोमिटर हिँडेर १५ सय खाम बाँडे। मंगलबार ५ किलोमिटर कुदेर ११ सय खाम बाँडेको लामिछानेले सुनाए।

लामिछानेले बाँडेको खाम कुनै सरकारी हुलाक कार्यालयले पठाएको होइन। न त खाममा पैसा नै छ। बागमती प्रदेशको विकास र समृद्धि देख्ने लामिछानेको अनुरोधपत्र हो त्यो खाम। 

बागमती प्रदेशको काठमाडौं क्षेत्र नम्बर ५ (ख) प्रदेश सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार दिएका लामिछानेले ‘रन जग्गु रन’ नामको अभियान अगाडि बढाएका छन्। ६ दिनसम्म चल्ने यो अभियानमा उनी कहिले कुदेर त कहिले हिँडेर आफ्ना मतदातालाई पत्र बाँड्दै आएका छन्।  

लालटिन चुनाव चिन्हको छाप लगाएको खाम दिँदै पढ्न र सही प्रतिनिधि छान्न अनुरोध गर्छन् उनी। भन्छन्, ‘यो लेटर क्याम्पियन हो। परम्परागत शैलीमा मतदाताको घरमा पुग्ने अभियान हो।’ सशक्त प्रदेश, समृद्ध देश भन्दै उनले एक हप्ते अभियानलाई सुचारु गरेका हुन्। 

Metro Mart

त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा स्नातकोत्तर गरेका लामिछानेले बेलायतको किड्स कलेज तथा लण्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिनमा एमएससी इन ग्लोबल मेन्टल हेल्थ अध्ययन गरेका छन्। मनोपरामर्शदाताको नाताले पनि यो अभियानबाट मतदाताको चुनावप्रतिको धारणा बुझ्न सक्ने र सही प्रतिनिधि बुझाउन सजिलो हुने बताउँछन् उनी। 

प्रकाशित: Nov 08, 2022| 11:27 मंगलबार, कात्तिक २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...