सोमबार, असार ८, २०८३

दुबईमा नेपथ्यले नचायो दर्शक

नेपथ्यको दुबई कन्सर्ट सम्पन्न भएको छ।
 |  सोमबार, कात्तिक २१, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २१, २०७९

काठमाडौं- नेपथ्यको दुबई कन्सर्ट सम्पन्न भएको छ। युनाइटेड अरब इमिरेट्सअन्तर्गत विश्वकै एक प्रमुख व्यापारिक केन्द्र हो दुबई। यो सहरभित्र विभिन्न खाले खेलकुद स्टेडियमहरु समेटेको विशाल परिसर ‘अल नासेर लिजरल्याण्ड’मा आइतबार नेपथ्य तेश्रोपटक प्रस्तुत भएको हो।

National life

अघिल्ला कन्सर्टहरुभन्दा थोरै बेग्लै यसपाला नेपथ्यले पहिलो गीत नै दर्शकलाई उफार्ने गरी 'हो रामा रामा' बाट सुरु गरेको थियो। प्रारम्भबाटै तीब्रता बोकेको सांगीतिक माहोलले गर्दा अरुबेला ‘आइस हकी’ खेलिने ‘कार्पेटले ढाकिएको बरफ मैदान’ सुरुदेखि तातिन पुग्यो।

अमेरिकाको ‘न्यूयोर्क युनिभर्सिटी’ले एक दशकअघि स्थापना गरेको अबुधाबीस्थित विश्वविद्यालयमा पढ्दै आएका विद्यार्थीहरुको समूह दुई घन्टा लामो राजमार्ग यात्रा गरेर नेपथ्य अनुभवका लागि दुबई आइपुगेका पनि भेटिए। ‘हामी १७ जना साथीहरु समूह बनाएरै आएका छौँ,’ अल नासेरको परिसरभित्र भेटिएका संयम लामिछाने भने, ‘इन्टरनेटबाट नेपथ्य आउने खबर पाउनासाथ संगीतमा रुची राख्ने साथीहरु यो यात्राको तयारीमा जुट्न सुरु गरेका थियौँ।’


प्रकाशित: Nov 07, 2022| 15:01 सोमबार, कात्तिक २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।