ललितपुर– ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ललितपुरमा २९० मतदान केन्द्र निर्धारण गरिएको छ। निर्वाचन कार्यालय ललितपुरका अनुसार २९० मतदान केन्द्रमा १३१ मतदानस्थल र २ वटा अस्थायी मतदान केन्द्र छनोट गरिएको छ। ललितपुरमा कुल २ लाख ५० हजार ४१० मतदाता छन्।
निर्वाचन कार्यालयसँगको समन्वयमा मतदान अधिकृत, सहायक मतदान अधिकृतलगायत अन्य कर्मचारी व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बताए।
निर्वाचनलाई भयरहित, स्वच्छ, निष्पक्ष बनाउन प्रमुख जिल्ला अधिकारीको संयोजकमा सुरक्षा व्यवस्थापन गरिएको प्रहरी वरिष्ठ उपरीक्षक विनोद पोखरेलले जानकारी दिए।–रासस