सोमबार, असार ८, २०८३

निर्वाचन बिथोल्ने समूहलाई निगरानीमा राखेर सुरक्षा व्यवस्था सुदृढ बनाइँदै

गृह मन्त्रालयले निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन एकीकृत सुरक्षा योजना तयार गरी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागलाई संयुक्त रूपमा परिचालन गर्ने निर्णय गरिसकेको छ।
 |  सोमबार, कात्तिक २१, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २१, २०७९

काठमाडौं– सरकारले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने भएको छ । विप्लव नेतृत्वको नेकपा माओवादीसहितका ३ कम्युनिस्ट पार्टीले निर्वाचन वहिष्कार गरी चुनावविरोधी गतिविधि गर्न सक्ने हुँदा देशभरको सुरक्षा सतर्कता बढाइएको गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव फणीन्द्र पोखरेलले बताएका छन्। 

National life

गृह मन्त्रालयले निर्वाचन सुरक्षामा कुनै असर पर्ने गरी गतिविधि भए त्यस्ता समूहलाई तत्काल नियन्त्रण गरी कानुनी दायरामा ल्याउन सुरक्षा निकायलाई निर्देशन दिइसकेको उनको भनाइ छ। प्रवक्ता पोखरेलले निर्वाचन सुरक्षाको पूर्वतयारी योजनाबद्ध रूपमा भइरहेको जानकारी दिए।

पोखरेलले भने, ‘लोकतन्त्रमा आफ्नो फरक मत राख्न पाउने भए पनि जनताको मताधिकार हनन हुने गरी कुनै गतिविधि भए तत्काल कानुनी दायरामा ल्याउने गरी सुरक्षा व्यवस्था मिलाइएको छ।’ उनले केही समूह निर्वाचनको विरोध गर्दै आए पनि चुनाव बिथोल्ने गरी गतिविधि गर्न सक्ने अवस्था नरहेको दाबी गरे।

गृह मन्त्रालयले निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन एकीकृत सुरक्षा योजना तयार गरी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागलाई संयुक्त रूपमा परिचालन गर्ने निर्णय गरिसकेको छ। मतपत्रको छपाइ तथा ढुवानीको सुरक्षामा नेपाली सेना परिचालन भइसकेको छ। निर्वाचन अधिकृतको कार्यालय तथा महत्त्वपूर्ण संरचनाको सुरक्षामा सशस्त्र प्रहरी बल परिचालन गरिसकिएको पोखरेलले बताए।

नेपाल प्रहरीले देशभरका मतदान केन्द्र तथा मतदान स्थलको सुरक्षा व्यवस्थापन, तयारी र गस्तीमा परिचालन भइसकेको छ। निर्वाचन सुरक्षाका लागि भर्ना भएका १ लाख १५ हजार म्यादी प्रहरीसमेत परिचालन भइसकेका छन्। गृह मन्त्रालयले निर्वाचनको सुरक्षा चुनौती देखिएका स्थानमा तत्काल परिचालन गर्ने गरी आवश्यक सुरक्षाकर्मी केन्द्रबाटै परिचालन गर्ने तयारी भइरहेको बताएको छ।

Shivam cement

देशभरका २२ हजार ५३४ मतदान केन्द्रको सुरक्षाका चार वटै सुरक्षा निकायबाट झन्डै ३ लाख सुरक्षाकर्मी परिचालन गरिनेछ। निर्वाचन केन्द्र तथा मतदान स्थलको सुरक्षा नेपाल प्रहरी र सहायकका रूपमा म्यादी प्रहरी खटाइनेछ। विशेष नाका र मतदान स्थल वरपरको सुरक्षा सशस्त्र प्रहरीबाट गरिनेछ। नेपाली सेनालाई  आवश्यक परे तत्काल परिचालन गर्ने गरी तैनाथी अवस्थामा राखिनेछ। 

चुनावमा प्रतिस्पर्धा गरेका राजनीतिक पार्टीका कार्यकर्ताबीच विवाद र झडप हुन सक्ने भएकाले नेपाल प्रहरीले आमसभा र चुनावी कार्यक्रमको सुरक्षा व्यवस्थापनमा परिचालन गरेको छ। निर्वाचनमा सुरक्षाको दृष्टिले मतदान स्थललाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन किसिममा वर्गीकरण गरिएको छ।

देशभरका ३ हजार ३२२ मतदान स्थल अति संवेदनशील, ३ हजार ९८८ संवेदनशील तथा ३ हजार ३६१ मतदान स्थल सुरक्षाको दृष्टिले सामान्य वर्गीकरण गरिएको छ। निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरीबाट ७१ हजार ६९३, नेपाली सेनाबाट झन्डै ७५ हजार तथा सशस्त्र प्रहरीबाट करिब ३१ हजार सुरक्षाकर्मी परिचालन गर्ने तयारी भइरहेको मन्त्रालयले बताएको छ।

देशका ७७ वटै जिल्लाको सुरक्षा अवस्थाबारे तत्काल जानकारी लिने र सोहीअनुसार रणनीति तय गर्न प्रहरी प्रधान कार्यालयले निर्वाचन सुरक्षा व्यवस्थापन प्रणाली (ईएमआईएस) सफ्टवेयर तयार गरेको छ।

प्रकाशित: Nov 07, 2022| 11:14 सोमबार, कात्तिक २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...