सोमबार, वैशाख २८, २०८३

कैलालीमा मदिरा बिक्री वितरण र सेवनमा रोक

कैलाली प्रशासनले चुनाव अवधिभरजिल्लामा मदिरा बिक्री वितरण र सेवनमा रोक लगाइएको छ।
 |  सोमबार, कात्तिक २१, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २१, २०७९

National life

कैलाली- कैलाली प्रशासनले चुनाव अवधिभरजिल्लामा मदिरा बिक्री वितरण र सेवनमा रोक लगाइएको छ। 

आइतबार जिल्ला प्रशासन कार्यालय कैलालीले एक सूचना जारी गर्दै मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनलाई स्वच्छ, भयरहित एवं शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न जिल्लामा मदिरा बिक्री वितरण तथा सेवनमा रोक लगाएको जनाएको हो।

कार्तिक २० गते राती १२ बजेदेखि १५ दिनसम्मका लागि मदिरा बिक्रीवितरण तथा सेवनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए। सो अवधिमा कोही कसैले मदिरा ओसारपसार, बिक्री वितरण र सेवन गरेको पाइए प्रचलित कानुन बमोजिम कारबाही गरिने उनले बताए।

प्रकाशित: Nov 07, 2022| 10:35 सोमबार, कात्तिक २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।