सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दाङमा किशोर-किशोरी मृत्यु प्रकरण : चार अभियुक्त पक्राउ, मृत्युको कारण यस्तो

दाङमा किशोर-किशोरी मृत्यु प्रकरण : चार अभियुक्त पक्राउ, मृत्युको कारण यस्तो

तुलसीपुर-१३ डाँडागाउँकी १५ वर्षीया रोशनी र दंगीशरण गाउँपालिका-६ थपगाउँ घर भई तुलसीपुर-१३ दमारगाउँ स्थित मामाघर बस्दै आएका १४ वर्षीय आचार्यको शव लसीपुर-१३ स्थित जनकल्याण सामुदायिक वनमा गाडिएको अवस्थामा फेला परेको थियो।
 |  सोमबार, कात्तिक २१, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २१, २०७९

काठमाडौं- असोज २७ गतेदेखि दाङमा दुई किशोर-किशोरी बेपत्ता भए। उनीहरू बेपत्ता भएसँगै परिवारका सदस्यले प्रहरीमा खोजि गरिदिन भन्दै निवेदन दिए। त्यसरी हराउनेमा रोशनी महतरा र शरद आचार्य रहेका थिए। ३० असोजमा उनीहरू फेला त परे तर एउटै खाल्डोमा पुरिएको अवस्थामा।

National life

तुलसीपुर-१३ डाँडागाउँकी १५ वर्षीया रोशनी र दंगीशरण गाउँपालिका-६ थपगाउँ घर भई तुलसीपुर-१३ दमारगाउँ स्थित मामाघर बस्दै आएका १४ वर्षीय आचार्यको शव लसीपुर-१३ स्थित जनकल्याण सामुदायिक वनमा गाडिएको अवस्थामा फेला परेको थियो।

दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर वलीले घटना निकै रहस्यमय रहेकाले क्लु फेला पार्नु चुनौतिपूर्ण भएको बताए। तर, प्रहरीले सुक्षम रुपमा अनुसन्धान गरिरहेको थियो।

जसले गर्दा प्रहरीलाई सफलता हात लागेको छ। र, उनीहरूको हत्यामा संलग्न चार जनालाई प्रहरीले सार्वजनिक गरेको छ। 

हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले तुलसीपुर उपमहानगरपालिका-१३ दमारगाउँका ३९ वर्षीय गणेश भनिने हरिश चन्द्र पौडेल, सोही ठाउँका २८ वर्षीय नुमानन्द कार्की, ३१ वर्षीय खिमबहादुर बुढा र ४७ वर्षीय प्रकाश भनिने अम्मर राज कार्कीलाई सार्वजनिक गरेको हो।

यी चार जनाले असोज २७ गते राति जंगली बँदेल मार्न थापेको विद्युतको पासोमा परेर रोशनी र शदरको ज्यान गएको थियो। त्यसपछि उनीहरूले दुबैको शव एकै ठाउँमा पुरिदिएको प्रहरीले अनुसन्धानबाट खुलेको जनाएको छ।

एसपी वलीका अनुसार असोज २७ गते राति करिब १० बजेतिर गणेश भन्ने हरिष चन्द्र पौडेलको घरबाट विद्युतको तार तानेर नजिकैको जंगलमा बँदेल मार्न पासो थापेको र त्यहीँ पासोमा परेर उनीहरूको सोही राति मृत्यु भएको हो।

पासो थापेका अमरराज कार्की र गणेश भनिने हरिश चन्द्र पौडल असोज २८ गते बिहान साढे ५ बजेतिर हेर्न जाँदा दुबै जना मृत अवस्थामा फेला परेको देखेपछि दुबैले सल्लाह गरी शवलाई नजिकै जंगलको झाडीमा फालेको प्रहरीले बताएको छ।

सोही दिन दिउँसो पौडेलले शब ब्यबस्थापन गर्ने ठाउँ हेरेको र बेलुका नौ बजेतिर बोरामा हाली चारै जनाले सल्लाह गरेर शब फालेको तथ्य खुलेको प्रहरीले जनाएको छ।

पक्राउ परेका चारै जनालाई कर्तब्य ज्यान मुद्दा चलाउने प्रहरीले तयारी गरेको छ। उनीहरू विरूद्ध थप अनुसन्धानका लागि एक साताको म्याद थप भइसकेको छ।

यी दुबै राति एक आपसलाई भेट्न निस्किएको समयमा विद्युतीय पासोमा परेको प्रहरीले जनाएको छ।

रोशनीको बायाँ हातमा करेन्टले जलेको खत देखिएको थियो भने पोष्टमर्टम रिपोर्टले पनि उनको मृत्युको कारण ‘इलेक्ट्रिक शक’ लाई नै मानेको थियो।

रोशनी र शरदको करेन्टबाट मृत्यु भइसकेपछि घटनालाई मोड्न चार जना ‘शिकारी’ ले मिलेर उनीहरूको टाउको र शरीरका विभिन्न भागमा ढुंगाले थिचेको तथ्य खुलेको पनि प्रहरीले बताएको छ।

त्यहीँ घाउ चोटका आधारमा प्रहरीले उनीहरूको हत्या भएको बताउँदै आएको थियो। उनीहरू दुबैको टाउको र अनुहारका साथै शरदको अण्डकोषमा पनि गम्भीर चोट थियो।

प्रहरीले प्रत्यक्ष ७० र अप्रत्यक्ष ४ सय ७८ जनालाई निगरानी राखेर अनुसन्धान गर्दा अन्तमा घटनाको तथ्य फेला परेको जनाएको छ। घटनास्थल रोशनीको घरदेखि करिब ८० मिटरको दुरीमा पर्छ।

प्रकाशित: Nov 07, 2022| 10:20 सोमबार, कात्तिक २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।