शुक्रबार, वैशाख १४, २०८१

'७० करोड काण्ड'ले चुनावमा असर गर्ला गोकुल बाँस्कोटालाई?

बाँस्कोटा जति समय सञ्चारमन्त्री रहे, विवादित नै बनिरहे। जसमध्ये ‘७० करोड काण्ड’ उनको लागि महँगो सावित हुन पुग्यो।
 |  सोमबार, कात्तिक २१, २०७९

कौशल काफ्ले

कौशल काफ्ले

सोमबार, कात्तिक २१, २०७९

काठमाडौं– काभ्रे क्षेत्र नम्बर २ का चर्चित उम्मेदवार हुन् नेकपा एमालेका नेता गोकुल बाँस्कोटा, जो यसअघिको संसदीय निर्वाचनमा पनि सोही क्षेत्रबाट प्रतिनिधिसभामा चुनिएका थिए। चुनाव जितेलगत्तै बनेको सरकारमा सञ्चार तथा सूचना प्रविधि भए उनी। जब सञ्चारमन्त्री भए, बाँस्कोटा निरन्तर विवादित बन्न थाले। उनले दिएका प्रायजसो अभिव्यक्तिहरु विवादमा तानिन थाले।

triton college

बाँस्कोटा जति समय सञ्चारमन्त्री रहे, विवादित नै बनिरहे। जसमध्ये ‘७० करोड काण्ड’ उनको लागि महँगो सावित हुन पुग्यो। ०७६ साल फागुनमा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा उनले ७० करोड रूपैयाँ कमिसन मागेको अडियो बाहिरियो। अडियोमा सो मेसिन खरिद गरेबापत ७० करोड ‘घूस’ मागेको स्पष्ट सुनिन्थ्यो। त्यसपछि उनी झनै आलोचित बन्न पुगे। अन्ततः मन्त्री पदबाटै राजीनामा दिनुपर्यो।

यसरी भ्रष्टाचारको आरोप लागेका बाँस्कोटाको ‘क्रेज’ काभ्रेमा पहिलेभन्दा घटेको विश्लेषण आइरहेका छन्। त्यसैले पहिलेजस्तो सहजै जित्न अहिले उनलाई सजिलो छैन। एकातिर सत्ता गठबन्धन, अर्कोतर्फ एमाले पार्टी नै विभाजित रहेको अवस्थामा उनलाई जित हात पार्न कठिन देखिन्छ।

२०७४ सालको चुनावमा भने एमाले र माओवादी केन्द्रको संयुक्त उम्मेदवार बनेका कारण बाँस्कोटालाई सहज भएको थियो। उनी ५४ हजार ४ सय २७ मत ल्याएर विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार मधु आचार्यले ३६ हजार ५७९ प्राप्त गरेका थिए। १७ हजार ८४८ मतान्तरले जितेका बाँस्कोटाले यसपटक भने धेरै चुनौती झेल्नुपर्ने देखिन्छ।

बाँस्कोटा जति समय सञ्चारमन्त्री रहे, विवादित नै बनिरहे। जसमध्ये ‘७० करोड काण्ड’ उनको लागि महँगो सावित हुन पुग्यो।

corrent noodles
Metro Mart

बाँस्कोटासँगको प्रतिस्पर्धामा पाँच दलीय गठबन्धनको तर्फबाट साझा उम्मेदवार शिव हुमागाईँ र स्वतन्त्र उम्मेदवार मनोज पण्डित छन्। हुमागाईं दुई कार्यकाल कांग्रेस जिल्ला सभापति भइसकेका उम्मेदवार हुन्। कांग्रेसका पूर्व केन्द्रीय सदस्यसमेत रहेका हुमागाईं २०५६ मा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए, जसलाई बाँस्कोटाले आफ्नो मुख्य प्रतिस्पर्धी ठानेका छन्।

हुमागाईं २०६४ को संविधानसभा निर्वाचनमा एमालेका कृष्णप्रसाद सापकोटासँग र २०७० को संविधानसभामा एमालेकै रामहरि सुवेदीसँग पराजित भएका थिए। ०७० सालको चुनावमा बाँस्कोटा र हुमागाईं फरक–फरक क्षेत्रबाट चुनाव लडेका थिए, जुनबेला बाँस्कोटाले पनि नेपाली कांग्रेसका कञ्चनचन्द्र वादेसँग पराजय बेहोर्नुपरेको थियो। यसपटक गोकुल बाँस्कोटाको गिर्दो छवि र कांग्रेसका हुमागाईंलाई गठबन्धनको साथले पनि काभ्रे–२ मा रोचक प्रतिस्पर्धा हुने देखिन्छ।

त्यसमाथि स्वतन्त्र उम्मेदवार रहेका मनोज पण्डितको पनि प्रभाव काभ्रेमा बढ्दै गएको स्थानीय बताउँछन्। यसबाहेक राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईंसहित १६ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। तर, दलबाट उम्मेदवार रहेका बाँस्कोटा, हुमागाईं र स्वतन्त्र पण्डितबीच नै मुख्य प्रतिस्पर्धा हुने निश्चित छ।

बाँस्कोटासँगको प्रतिस्पर्धामा पाँच दलीय गठबन्धनको तर्फबाट साझा उम्मेदवार शिव हुमागाईँ र स्वतन्त्र उम्मेदवार मनोज पण्डित छन्। हुमागाईं दुई कार्यकाल कांग्रेस जिल्ला सभापति भइसकेका उम्मेदवार हुन्।

एमाले उम्मेदवार बाँस्कोटा आफ्नो कामकै कारण जित निश्चित रहेको तर्क गर्छन्। ‘मैले जित्नेमा ढुक्क छु। मतदाताले पनि खासै प्रश्न गर्नुभएको छैन। बरु तिमीले काम गरेका हौ, त्यसकारणले तिमीलाई हाम्रो समर्थन छ भनेका छन् जनताले,’ उनले भनेका छन्। यता गठबन्धनका उम्मेदवार हुमागाईं पनि बाँस्कोटाको गिर्दो छवि रहेको र त्यसमाथि आफूलाई गठबन्धनको समर्थन रहेकोले जित्नेमा ढुक्क देखिन्छन्।

त्यस्तै, स्वतन्त्र उम्मेदवार मनोज पण्डित पनि आफूले जित्नेमा ढुक्क सुनिन्छन्। ‘बदल्नु छ अब’ भन्दै मतदाताको घरघरमा पुगेका उनी आफू जित्नेमा विश्वस्त छन्। गत स्थानीय तहको निर्वाचन अघिबाटै उनी मतदातासँग नियमित अन्तरक्रियामा छन्। ‘अहिले मानिसहरुले जुन आक्रोश पोखिरहेका छन्, ती कुरा मतमा रुपान्तरण भइदियो भने मैले जित्नेमा ढुक्क छु। अहिले घुम्दा माहोल सकारात्मक नै पाइएको छ,’ पण्डितले भने, ‘तर बीचमा पैसाको, पावरको हस्तक्षेप भयो भनेचाहिँ भन्न सकिन्न। तर आजसम्मको माहोल र मतदाताको आक्रोश हेर्दा मैले जित्ने प्रबल सम्भावना देख्छु।’

यस्तो छ अंकगणित 
काभ्रे–२ मा भुम्लु गाउँपालिका, मण्डनदेउपुर नगरपालिका, पाँचखाल नगरपालिका, बनेपा नगरपालिका, धुलिखेल नगरपालिकाका १–७ सम्मका वडा, पनौतीका १, २, ३, ११ र १२ वडा तथा बेथानचोक गाउँपालिकाका ६ वटा वडा पर्छन्। जसमा स्थानीय तहको चुनावी मत परिणाम हेर्ने हो भने गठबन्धन बलियो देखिन्छ।

चुनावमा वडाध्यक्षले पाएको मत हेर्दा कांग्रेसले ४५ हजार ४५६ मत प्राप्त गरेको छ भने एमालेले ४५ हजार ५१४ प्राप्त गरेको छ। एकीकृत समाजवादीको ८ हजार ६७६ मत छ। माओवादीको ६ हजार ३७० मत छ। यसरी गठबन्धन गर्ने पार्टीको मत जोड्दा ६० हजार ५०२ मत हुन जान्छ।

अर्कोतर्फ बाँस्कोटा आफ्नै गृहनगरमा समेत कमजोर रहेको स्थानीय तहको नतिजाले देखाउँछ। बाँस्कोटाको गृहनगर रहेको मण्डनदेउपुर नगरपालिकामा गत चुनावमा प्रमुख र उपप्रमुख नै गठबन्धनका उम्मेदवारले हात पारेका थिए। नगर प्रमुखमा गठबन्धनबाट एकीकृत समाजवादीका जिल्ला अध्यक्षसमेत रहेका टोकबहादुर वाइबा विजयी भएका थिए भने उपमेयरमा कांग्रेसका विष्णुमणि नेपाल विजयी भएका थिए। त्यस्तै, सो नगरपालिकाको १२ वटा वडामध्ये ४ वटामा मात्रै एमालेका वडाध्यक्षका उम्मेदवार विजयी भएका थिए।

यसरी बाँस्कोटाको आफ्नै गृहनगरमा पनि एमाले कमजोर देखिनुलाई गठबन्धनले जित्ने आधारको रुपमा लिएको छ भने स्वतन्त्र उम्मेदवार मनोज पण्डित दुवै दलबाट असन्तुष्ट रहेकाको संख्या उल्लेख्य रहेकोले पनि आफूले जित्नेमा विश्वस्त देखिन्छन्।

प्रकाशित: Nov 07, 2022| 09:50 सोमबार, कात्तिक २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।
राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।
८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।
राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...
चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...