धनगढी- कैलालीको भजनीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ। भजनी नगरपालिका-६ को नवलपुरस्थित सडकखण्डमा दुर्घटना भएको प्रहरीले जनाएको छ।
ना२ख १३८१ नम्बरको ट्रकले बा८६प ३४८७ को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक भजनी नगरपालिका-६ बस्ने २१ वर्षीय अविशेक चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको हो।
दुर्घटनाबाट मोटरसाइकल पछाडी सवार धिरेन्द्र चौधरी समान्य घाइते भएका छन्।
ट्रक र चालक भजनी नगरपालिका-१ घर भएका सनम डगौरालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।