मंगलबार, फागुन १९, २०८२

पाकिस्तानका पूर्वप्रधानमन्त्री खान डिस्चार्ज

गोली लागेर घाइते भएका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान अस्पतालबाट डिस्चार्ज भएका छन्।
 |  सोमबार, कात्तिक २१, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २१, २०७९

काठमाडौं- गोली लागेर घाइते भएका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान अस्पतालबाट डिस्चार्ज भएका छन्। गएको बिहीबार खुट्टामा गोली लागेर घाइते भएका खानको अस्पतालमा उपचार थालिएको थियो।

गोलीकाण्डमा खानले आफ्ना उत्तराधिकारी शहबाज सरिफको संलग्नता रहेको आरोप लगाएका  छन्। उनी आइतबार अस्पतालबाट डिस्चार्ज भएका हुन्।

गएको अप्रिलमा खान सत्ताच्युत भएदेखि नै पाकिस्तानमा राजनीतिक सङ्कट चुलिएको छ।

पाकिस्तान सरकारले टेलिभिजन च्यानलमा पूर्वप्रधानमन्त्री इमरान खानको भाषण प्रसारणमा रोक लगाएको छ। पाकिस्तानको इलेक्ट्रोनिक मिडियाको नियामक निकायले टेलिभिजन च्यानलबाट इमरान खानको भाषण प्रसारण गर्न रोक लगाएको हो।

प्रकाशित: Nov 07, 2022| 07:35 सोमबार, कात्तिक २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।