आइतबार, असार ७, २०८३

मतदाताको गुनासो र सुझाव सुन्न प्रदीप पौडेलले सार्वजनिक गरे हटलाइन नम्बर

मतदाताका समस्या र सुझाव सङ्कलनका लागि आइतबार हटलाइन नम्बर ९८८०२९८८०२ सार्वजनिक गरेका हुन्।
 |  आइतबार, कात्तिक २०, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २०, २०७९

काठमाडौं- नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले मतदाताको गुनासो र सुझाव लिन हटलाइन नम्बर सार्वजनिक गरेका छन्।

National life

सत्ता गठबन्धनको तर्फबाट काठमाडौं क्षेत्र नम्बर ५ को प्रतिनिधिसभा उम्मेदवार रहेका कांग्रेस नेतापौडेलले मतदाताका समस्या र सुझाव सङ्कलनका लागि आइतबार हटलाइन नम्बर ९८८०२९८८०२ सार्वजनिक गरेका हुन्।

पौडेलले चुनावी घरदैलोमा प्रत्येक मतदाताकोमा जाने क्रममा कतिपय मतदाताहरू कार्य व्यस्तताले नभेटिने गरेको र उनीहरूको सुझाव र गुनासो सुन्न नपाएकाले सुझाव र गुनासो सुन्न हटलाइन नम्बर सुरु गरिएको जानकारी दिएका छन्।

सार्वजनिक हटलाइन नम्बरमा नेता पौडेलसहित काठमाडौं क्षेत्र नम्बर ५ को प्रदेश सभातर्फका उम्मेदवारलाई मतदाताले आफ्नो क्षेत्रको समस्या र सुझाव रेकर्ड गर्ने बताइएको छ।

प्रकाशित: Nov 06, 2022| 21:16 आइतबार, कात्तिक २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...