आइतबार, असार ७, २०८३

हाम्रो नेपाली पार्टीको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक

आइतबार ललितपुरमा एक औपचारिक कार्यक्रमबीच प्रतिबद्धतापत्र सार्वजनिक गरिएको हो।
 |  आइतबार, कात्तिक २०, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २०, २०७९

काठमाडौं- मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि हाम्रो नेपाली पार्टीले प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ। आइतबार ललितपुरमा एक औपचारिक कार्यक्रमबीच प्रतिबद्धतापत्र सार्वजनिक गरिएको हो।

National life

नेपाली राजनीतिको परम्परागत मानक भत्काउन र वैकल्पिक शक्तिका रूपमा आफूलाई स्थापित गर्ने उद्देश्य हाम्रो नेपाली पार्टीको प्रतिबद्धता पत्रमा उल्लेख छ।

‘लौरो अभियान’ सञ्चालन गरिरहेको पार्टीले आफ्नो राजनैतिक दर्शन र सिद्धान्त नेपालवाद रहने समेत उल्लेख गरेको छ।

प्रतिबद्धता पत्रमा केही महत्त्वाकांक्षी कार्यक्रम समेत राखिएका छन्। ७ वटै प्रदेशमा हिमाल, पहाड, तराई जोडेर ७ वटा चक्रपथ निर्माण गर्ने कार्यक्रमलाई राष्ट्रिय योजनाका रूपमा राखिएको छ। सबै जिल्लामा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनको अवधारणासहित दीर्घकालीन योजना बनाएर जाने पनि उल्लेख गरिएको छ। स्वास्थ्य, शिक्षा र बीमा निःशुल्क गर्ने नीति हाम्रो नेपाली पार्टीले लिएको छ।

आन्तरिक उत्पादन बढाएर आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि ‘नूनदेखि सुनसम्म र सियोदेखि रकेट’सम्म नेपालमै उत्पादन गरिने प्रतिबद्धता पत्रमा उल्लेख छ। हरेक वडामा कृषि उपज तथा जडीबुटी संकलन केन्द्र स्थापना गर्ने र नेपालका १६२ वटा फलाम खानी तथा १४७ वटा तामा, सुन तथा युरोनियम खानीको सदुपयोग गरिने पनि प्रतिबद्धता पत्रमा जनाइएको छ।

Shivam cement

युवा तथा खेलकुदलाई लक्षित गरी सबै प्रदेशमा क्रिकेट र फूटबल रंगशाला बनाउने योजना पार्टीको छ।

राष्ट्रिय गौरव आयोजनाका रूपमा लुम्बिनीलाई विश्व शान्ति क्षेत्र स्थापना गर्ने, कैलाश पर्वतबाट स्वर्गद्वारी, स्वर्गद्वारीबाट सगरमाथा र सगरमाथाबाट कञ्चनजंघासम्म पदमार्ग स्थापना गर्ने जनाइएको छ। स्पेस कानून निर्माण गरी नेपालमै स्टाटेलाइट, रकेट तथा ड्रोन बनाउने र ब्लक चेनलगायत अत्याधुनिक प्रविधिलाई वैधानिकता दिने पनि प्रतिबद्धता पत्रमा उल्लेख छ।

विदेशी लगानीका लागि पूर्ण कर छुट नीति बनाउने तथा हरेक वर्ष लगानी सम्मेलन गर्ने जनाइएको छ।

मौलिक पहिचान र धार्मिक स्वतन्त्रता सहितको नेपाल राज्य, प्रत्यक्ष निर्वाचित शासन पद्धति, सांसदबिहीन कार्यपालिका, गुणस्तरीय शिक्षा र स्वास्थ्य, सामाजिक सुरक्षा सहितको उन्नतशील राज्य, उत्पादनमूलक अर्थतन्त्र,  आत्मनिर्भर राष्ट्रका लागि कृषिजस्ता योजना दलले राखेको छ।

प्रकाशित: Nov 06, 2022| 21:45 आइतबार, कात्तिक २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...