सोमबार, वैशाख ७, २०८३

इजरायली सैनिकहरूसँगको झडपमा प्यालेस्टिनीको मृत्यु

घटना मध्य वेस्टबैंक शहर रमल्लाहको उत्तरपूर्वमा भएको थियो।
 |  सोमबार, कात्तिक २१, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २१, २०७९

रमल्लाह- इजरायली सेनासँगको झडपमा शनिवार १ प्यालेस्टिनीको मृत्यु भएको छ। घटना मध्य वेस्टबैंक शहर रमल्लाहको उत्तरपूर्वमा भएको थियो। झडपमा अर्का १ जना गम्भीर घाइते भएका प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालय र प्रत्यक्षदर्शीहरूले बताएका छन्।

National life

रमल्लाहको उत्तरपूर्वीमा अवस्थित सिन्जिल गाउँका १८ वर्षीय मोसाब नाफाललाई इजरायली सैनिकहरूले छातीमा गोली हानेर मारेको मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ। 

इजरायली सेनाको गाडीमा ढुंगा हानेको निहुँमा ती २ व्यक्तिलाई गोली हानेको रामल्लाहका प्रत्यक्षदर्शीहरूले जनाएका छन्।

इजरायली सेनाले सिन्जिल गाउँ नजिकैको मुख्य सडकमा इजरायली बसोबास गर्नेहरूको गाडीमा ढुंगा हानेर २ प्यालेस्टाइनीहरूलाई गोली हानेको इजरायली सञ्चारमाध्यमले जनाएको छ।   -सिन्ह्वा


kumari

प्रकाशित: Nov 07, 2022| 02:05 सोमबार, कात्तिक २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।