मंगलबार, फागुन १९, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • अफगानिस्तानमा सडक दुर्घटना हुँदा २ चिकित्सकसहित १० जनाको मृत्यु

अफगानिस्तानमा सडक दुर्घटना हुँदा २ चिकित्सकसहित १० जनाको मृत्यु

अधिकारीहरूले दिएको जानकारीअनुसार अफगानिस्तानको लाघमान प्रान्तमा शनिवार सडक दुर्घटना भएको थियो।
 |  आइतबार, कात्तिक २०, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २०, २०७९

kumari

काबुल- अफगानिस्तानमा भएको सडक दुर्घटनामा परेर २ चिकित्सकसहित ७ जनाको ज्यान गएको छ। अधिकारीहरूले दिएको जानकारीअनुसार अफगानिस्तानको लाघमान प्रान्तमा शनिवार सडक दुर्घटना भएको थियो। 

खामा प्रेसले दिएको समाचारअनुसार लाघमान प्रान्तको दालत साह जिल्लामा दुर्घटना भएको थियो र दुर्घटनामा थप ३ जना घाइते भएका छन्। कार दुर्घटनामा ती व्यक्तिको ज्यान गएको अधिकारीहरूले जनाएका छन्। दुर्घटनाको अनुसन्धान जारी रहेको बताइएको छ। 

यसैगरी, शुक्रबार पनि अफगानिस्तानको उत्तरी शहर सालाङमा अर्को एक दुर्घटनामा परेर ३ जनाको ज्यान गएको छ। यहाँका सडकको दुरावस्था तथा सवारी सञ्चालनको लापरवाहीका कारण यहाँ बारम्बार सवारी दुर्घटना हुने गरेको छ।  -एएनआई

प्रकाशित: Nov 06, 2022| 21:30 आइतबार, कात्तिक २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।