मंगलबार, भदौ २३, २०८३

नवलपुरमा १५ सयभन्दा धेरै अस्थायी मतदाता

जिल्लाको कावासोती नगरपालिका–६ मा रहेको जनता मावि विष्णुनगरमा अस्थायी मतदान केन्द्र राख्ने निर्णय भएको छ।
 |  आइतबार, कात्तिक २०, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २०, २०७९

काठमाडौं- प्रतिनिधिसभा र प्रदेशसभाको मंसिर ४ गते हुने निर्वाचनका लागि नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा एक अस्थायी मतदान केन्द्र रहने भएको छ। जिल्लामा रहेका सुरक्षाकर्मी, सरकारी कर्मचारीलाई मतदानको व्यवस्थाका लागि एउटा अस्थाइ मतदान केन्द्र राख्ने निर्णय भएको जिल्ला निर्वाचन कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरका प्रमुख लालप्रसाद शर्मा भुसालले जानकारी दिए। जिल्लाको कावासोती नगरपालिका–६ मा रहेको जनता मावि विष्णुनगरमा अस्थायी मतदान केन्द्र राख्ने निर्णय भएको छ।

मतदान केन्द्रमा मतदान अधिकृतसहित तीन जना कर्मचारी र एक जना स्वयंसेवक खटिनेसमेत उनले बताए। अस्थायी मतदान केन्द्रबाट निर्वाचनमा खटिएका कर्मचारी, सुरक्षाकर्मीले मतदान गर्ने प्रमुख भुसालले बताए। अस्थायी मतदाताले सङ्घ तर्फको समानुपातिक तर्फमात्रै मतदान गर्न पाउने व्यवस्था रहेको छ। नवलपुरमा कूल एक हजार पाँच सय ८६ अस्थायी मतदाता रहेको कार्यालय प्रमुख भुसालले बताए। 

जिल्लामा निर्वाचनका लागि आवश्यक सबै मतपत्र आइसकेका छन्। निर्वाचन प्रमुख भुसालका अनुसार निर्वाचनका लागि सङ्घ र प्रदेश तर्फ प्रत्यक्ष तर्फको आवश्यक मतपत्र जिल्लामा आइपुगेको छ। सङ्घ तर्फ नवलपुर १ का लागि कूल एक लाख ४५ हजार, प्रदेशतर्फ १ (१) का लागि ७० हजार, १ (२) का लागि ७५ हजार गरी कूल दुई लाख ९० हजार थान मतपत्र जिल्लामा आएको छ।

निर्वाचन क्षेत्र २ सङ्घका लागि एक लाख ४३ हजार, प्रदेशतर्फ २ (१) का लागि ७१ हजार र २ (२) का लागि ७२ हजार मतपत्र गरी कूल दुई लाख ८६ हजार मतपत्र नवलपुर आइपुगेको भुसालले जानकारी दिए। सबै मतपत्र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आवश्यक सुरक्षा प्रबन्धसहित राखिएका छन्।

दुई सङ्घ र चारवटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको नवलपुरमा कूल दुई लाख ६० हजार चार सय ६१ मतदाता रहेका छन्। निर्वाचन क्षेत्र नं १ सङ्घमा एक लाख ३१ हजार एक सय ८१ र २ तर्फ एक लाख २९ हजार दुई ८० मतदाता रहेका छन्। बैशाखमा सम्पन्न निर्वाचनपछि नवलपुरमा पाँच हजार आठ सय ४६ नयाँ मतदाता थपिएका छन्।  -रासस

प्रकाशित: Nov 06, 2022| 18:11 आइतबार, कात्तिक २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...