आइतबार, असार ७, २०८३

कैलालीमा गठबन्धनका उम्मेदवारलाई मत नआउने डर, स्वतन्त्रलाई असन्तुष्टको भर

राजनीतिक दलसँग तालमेल गरी उम्मेदवार बनेकालाई असन्तुष्ट कार्यकर्ता र मतदाताको भोट नआउने डर बढ्दा स्वतन्त्र उम्मेदवार भने त्यही मत खोस्ने दाउमा छन्।
 |  आइतबार, कात्तिक २०, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २०, २०७९

कैलाली- आसन्न चुनावको चहलपहल बढ्दै जाँदा कैलालीमा तालमेल गरी उम्मेदवार बनेका नेताहरुलाई भोट नआउने डर बढेको छ।

National life

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एक अर्का राजनीतिक दलसँग तालमेल गरी उम्मेदवार बनेकालाई असन्तुष्ट कार्यकर्ता र मतदाताको भोट नआउने डर बढ्दा स्वतन्त्र उम्मेदवार भने त्यही मत खोस्ने दाउमा छन्।

राजनीतिक दलका असन्तुष्ट कार्यकर्ता तथा मतदाताले फरक पार्टीका उम्मेदवारलाई भोट दिनुको साटो स्वतन्त्रलाई मत दिने आशङ्का उनीहरुले गर्दै आएका छन्। स्वतन्त्र उम्मेदवार भने राजनीतिक दलका असन्तुष्ट कार्यकर्ता र शुभेच्छुकको मत तानेर चुनाव जित्ने दाउमा छन्। निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)सहितले गठबन्धन गरेका छन् भने नेकपा (एमाले) र जनता समाजवादी पार्टीले पनि एकआपसमा तालमेल गरेका छन्। 

नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले जिल्लाका सबै प्रतिनिधिसभा र प्रदेशसभाका सिटमा भागबण्डा गरेर उम्मेदवार उठाएका छन्। जिल्लाका कुनै पनि क्षेत्रमा आफ्ना प्रत्यासी नउठाएको राष्ट्रिय जनमोर्चाको सत्ता  उम्मेदवारलाई साथ दिएको छ। कैलालीको निर्वाचन क्षेत्र–१ मा राजपा र नेकपा एमालेबीच तालमेल छ। निर्वाचन नजिकिएसँगै यतिबेला सार्वजनिकस्थल, चिया पसल र चोकमा भेला हुने बीचमा यस्तै विषयले प्राथमिकता पाउने गरेको छ। राजनीतिक दलका असन्तुष्ट कार्यकर्ता तथा मतदाताका पक्षका मत तान्ने दाउमा देखिएका स्वतन्त्र उम्मेदवार पक्षधर एक कार्यकर्ताले भने, ‘टिकट वितरणका क्रममा बढेको असन्तुष्टिको फाइदा स्वतन्त्र उम्मेदवार हुने अनुमान गर्न सकिन्छ।’

एमालेका नेता चूडामणि भट्ट टिकट वितरणका क्रममा पार्टीभित्र देखिएको असन्तुष्टि कम हुँदै गएको दाबी गर्छन्। प्रदेशसभा सदस्यका उम्मेदवार नेपाली कांग्रेस नेता कमल शाह गठबन्धनको मत अन्यत्र नजाने दाबी गरे। ‘निकै कम मत अन्यत्रै जान सक्ला तर धेरै मत गठबन्धनका उम्मेदवारले नै पाउँछन्’, उनले भने। जिल्लाको निर्वाचन क्षेत्र १ मा प्रतिनिधिसभाका लागि जनता समाजवादी पार्टी र एमालेबीच तालमेल गरिएको छ। जसमा एमालेले प्रतिनिधिसभा र प्रदेशसभा २ मा उम्मेदवार उठाएको छ भने प्रदेशसभा ‘क’ मा जसपाले उम्मेदवारी दिएको छ। जसपाका सुदूरपश्चिम इञ्चार्ज एवं प्रदेशसभाका निवर्तमान सदस्य मालामति रानाथारुले तालमेलअनुसार आफ्नो पार्टीका प्रत्यासीलाई एमालेबाट मत आउने विश्वास गरे।

Shivam cement

‘जिल्लाका अन्य क्षेत्रमा कसलाई सहयोग गर्ने भन्ने विषयमा निर्णय हुन बाँकी छ’, उनले भने, ‘क्षेत्र नं १ मा भने तालमेलअनुसार हाम्रो मत एमालेलाई जान्छ, उहाँहरुको मत हामीलाई आउने अपेक्षा गरेका छौँ।’ नेकपा एकीकृत समाजवादीका नेता दिनेशचन्द्र सुवेदीले सत्ता गठबन्धनको मत टिकट पाएका उम्मेदवारमा जाने दाबी गरे। ‘एक-दुई प्रतिशत मत दायाँबायाँ भए पनि धेरै मत गठबन्धनका उम्मेदवारलाई नै जान्छ’, उनले भने।  

स्वतन्त्रको चुनौती 

कैलालीको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र–५ (धनगढी क्षेत्र)मा कांग्रेस र एमालेले आफ्ना उम्मेदवार विजयी हुने दाबी गरिरहँदा स्वतन्त्र उम्मेदवारी दिएका पूर्वराज्यमन्त्री पुष्करनाथ ओझा मुख्य राजनीतिक दलका प्रत्यासीका लागि चुनौती बनेका छन्। पाँच वर्षअघिको चुनावमा यसै क्षेत्रबाट उम्मेदवार बनेकी कांग्रेस नेत्री डा आरजु राणा देउवालाई अन्तर्घात गरी पराजित गरेको भन्दै ओझालाई कांग्रेसको कारबाही गरेको थियो। 

उनले पाउने मतका आधारमा चुनावी परिणाम प्रभावित हुनसक्ने एकथरीको विश्लेषण छ। कांग्रेसका प्रत्यासी डिल्लीराज पन्त भने दलीय व्यवस्थामा स्वतन्त्रको हैसियत धेरै नहुने भएकाले आफ्ना लागि चुनौती नरहेको दाबी गरे। उनले भने, ‘आम कांग्रेसको मतसँगै गठबन्धन दल समर्थितको मत आउँदा आफूलाई चुनाव जित्नेमा विश्वस्त छु।’ यसै क्षेत्रबाट प्रत्यासी रहेका नेकपा एमाले नेता नारदमुनी रानाले पनि आफू चुनाव जित्ने दाबी गरे। स्वतन्त्र उम्मेदवार पुस्करनाथ ओझाले भने राजनीतिक दलप्रति बढ्दै गएको दिशाहीनता र निराशाका कारण मतदाताले स्वतन्त्र उम्मेदवारको खोजी गरिरहेको दाबी गरे। 

यस क्षेत्रमा टीकापुर घटनामा अदालतबाट दोषी ठहर भएका नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण चौधरीको उम्मेदवारी रद्द भएपछि सो पार्टीले स्वतन्त्र उम्मेदवार जगदीश चौधरीलाई समर्थन गरेको छ। साथै स्वतन्त्र उम्मेदवारमा गगनबहादुर धामी, रामबहादुर सिंह र सत्यराज उपाध्याय पनि स्वतन्त्र उम्मेदवार पनि प्रतिस्पर्धामा छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका ईश्वरी विष्ट, तमलोपाका दानबहादुर विश्वकर्मा, नेमकिपाका नन्दाकुमारी र दर्लामीमगर पनि प्रत्यासी छन्। 

प्रदेशसभा १ मा माओवादीको तर्फबाट रमेश धामीले टिकट पाउँदा माओवादीकै बागी उम्मेदवार रमेश बस्नेत र प्रदेशसभा ‘ख’ मा कांग्रेसका युवा नेता प्रकाशबहादुर देउवाले टिकट पाउँदा कांग्रेसबाट राजीनामाको घोषणा गर्दै क्षितिज भण्डारीले स्वतन्त्र उम्मेदवारी दिएका छन्। प्रदेश २ मा एमालेका दुर्गाप्रसाद जोशी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका कार्तिक लोहार, नागरिकउन्मुक्ति पार्टीका गोठु चौधरी, नपाली कांग्रेस बिपीका दीपकराज खैर, नेमकिपाका रामबहादुर दर्लामीमगर, राप्रपाका शिवराज भण्डारी पनि प्रतिस्पर्धी छन्। प्रदेशसभा १ बाट एमालेको तर्फबाट टिकट पाएका यज्ञराज बाँस्तोलाको टिकट अन्तिम अवस्थामा खोसेर नेपालु चौधरीलाई दिइएपछि सो पार्टीमासमेत असन्तुष्टि छ। 

बाँस्तोलाले पार्टी नै परित्याग गरेका छन्। प्रदेशसभा १ का प्रत्यासी राप्रपाका पुष्करदत्त भट्ट र नागरिकउन्मुक्ति पार्टीका श्रीराम चौधरी पनि बलियो प्रतिस्पर्धी छन्। कैलारी गाउँपालिकाका दुई वडा र धनगढी उपमहानगरपालिकाका १९ वडा समावेश गरिएको क्षेत्र ५ का वडामा गत स्थानीय तह निर्वाचनमा कांग्रेसका वडाध्यक्षले २२ हजार सात सय ७९, माओवादी केन्द्रका वडाध्यक्षले सात हजार छ सय ५४, नेकपा एकीकृत समाजवादीका वडाध्यक्षले दुई हजार नौ मत पाएका थिए। एमालेका वडाध्यक्षले १७ हजार चार सय २०, राप्रपाका वडाध्यक्षले दुई हजार तीन सय ६१ मत पाएका थिए।  

क्षेत्र १ मा उन्मुक्ति पार्टीसँग अन्य दलको टक्कर 

कैलाली क्षेत्र १ लाई संवेदनशील क्षेत्रका रुपमा हेरिन्छ। विसं २०७२ मा भएको टीकापुर घटनापछि क्षेत्र नं १ (टीकापुर क्षेत्र) लाई बढी संवेदनशील र चासोको साथ हेरिन थालिएको हो।  विसं २०७४ सङ्घीय निर्वाचनमा यस क्षेत्रबाट राष्ट्रिय जनता पार्टीबाट टीकापुर घटनामा दोषी ठहर भई जेलजीवन बिताइरहेका रेशमलाल चौधरीले ठूलो मतान्तरले चुनाव जितेका थिए। त्यतिबेला माओवादी केन्द्र र एमालेको गठबन्धन थियो भने नेपाली कांग्रेस एक्लै चुनाव लडेको थियो। प्रदेशसभा १ बाट जनता समाजवादीका कृष्ण चौधरी र प्रदेशसभा १ बाट नेपाली कांग्रेसका डा. रणबहादुर रावलले चुनाव जितेका थिए।  

अहिले यो क्षेत्रमा रेशमलाल चौधरीकी पत्नी रञ्जिता चौधरी प्रतिनिधिसभा सदस्यको उम्मेदवार छिन्। अन्य राजनीतिक दलले गठबन्धन गरी निर्वाचनमा उत्रिँदा नागरिक उन्मुक्ति पार्टी भने एक्लै चुनावी मैदानमा छ। यस क्षेत्रमा प्रतिनिधिसभा सदस्य निर्वाचनमा गठबन्धनबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वस्वास्थ्यमन्त्री रामजनम चौधरी, प्रत्यासी छन्। चौधरी प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन्। अन्य राजनीतिक दलले गठबन्धन गरी निर्वाचनमा उत्रिँदा नागरिक उन्मुक्ति पार्टी भने एक्लै चुनावी मैदानमा छ। यस क्षेत्रमा प्रतिनिधिसभा सदस्य निर्वाचनमा गठबन्धनबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वस्वास्थ्यमन्त्री रामजनम चौधरी, प्रत्यासी छन्।   -रासस


प्रकाशित: Nov 06, 2022| 21:05 आइतबार, कात्तिक २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...