मंगलबार, भदौ २३, २०८३

काठमाडौं-५ मा एमाले र गठबन्धनका उम्मेदवारबीच रोचक प्रतिस्पर्धा

अहिले एमाले एक्लै चुनावी मैदान रहेकाले गठबन्धनको साथले कांग्रेस चुनाव जित्ने दाउमा छ भने पोखरेल आफ्नो जितलाई कायम राख्ने कसरतमा छन्।
 |  आइतबार, कात्तिक २०, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २०, २०७९

काठमाडौं- मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि मत माग्न उम्मेदवार मतदाताको घरदैलोमा पुगिरहेका छन्।

निर्वाचन आयोगले प्रचारप्रसार खुला गरेसँगै काठमाडौंको ५ नम्बर क्षेत्रमा पनि उम्मेदवार मतदाताका घरदैलोमा आ–आफ्ना चुनावी प्रतिबद्धतासहित पुगेका छन्। निर्वाचनको प्रचारप्रसारले यो क्षेत्रमा पनि अहिले चहलपहल बढेको छ।

आसन्न निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं–५ मा नेकपा एमालेका तर्फबाट उम्मेदवार पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।

एमालेबाट पोखरेल एक्लै चुनावी मैदानमा छन् भने पौडेललाई गठबन्धनको समर्थन रहेको छ। सो निर्वाचन क्षेत्रमा काठमाडौं महानगरका ४, बूढानीलकण्ठ नगरपालिकाका ५ र टोखा नगरपालिकाका ६ वडा समेटिएका छन्। यो क्षेत्रभित्र काठमाडौं महानगरका २,३,४,५, बूढानीलकण्ठ नगरपालिकाका ३,४,५,६,७ र टोखा नगरपालिकाका २,३,४,५,६,७ वडा छन्। 

गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा सो क्षेत्रमा पर्ने १५ वडामा एमालेले ११, कांग्रेसले ३ र स्वतन्त्र एउटा वडामा विजयी भएका छन्। 

स्थानीय तहको चुनावको परिणामलाई हेर्दा एमालेका वडाध्यक्षले कूल १७ हजार ९५२, कांग्रेसका वडाध्यक्षले १२ हजार ५ मत प्राप्त गरेका छन्। एकीकृत समाजवादीले १ हजार ८३९ र माओवादी केन्द्रले ७२० मत प्राप्त गरेका छन्।

सत्ता गठबन्धनमा आबद्ध ३ दलले प्राप्त गरेको मतभन्दा एमाले ३ हजार ३८८ मतान्तरले अगाडि देखिन्छ।

२०७४ निर्वाचनमा एमालेका उम्मेदवार ईश्वर पोखरेल र कांग्रेसका प्रकाशशरण महतबीच भएको प्रतिस्पर्धामा पोखरेल विजयी भएका थिए।

सो क्षेत्रमा अहिले एमाले एक्लै चुनावी मैदान रहेकाले गठबन्धनको साथले कांग्रेस चुनाव जित्ने दाउमा छ भने पोखरेल आफ्नो जितलाई कायम राख्ने कसरतमा छन्।

प्रतिनिधि सभातर्फ निर्वाचन क्षेत्र नम्बर १ मा ३१ मतदानस्थल र ८१ मतदान केन्द्रबाट कूल ७० हजार ९१९ मतदाता रहेका छन्। जसमध्ये महिला ३७ हजार १२५ र पुरुष ३३ हजार ७९१ मतदाता छन्।

प्रकाशित: Nov 06, 2022| 16:57 आइतबार, कात्तिक २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...