काठमाडौं- अटोमोबाइल क्षेत्रको कुम्भ मेलाको रुपमा रहेको १३ औं नाडा अटो शो–२०१८ मंगलबारदेखि शुरु भएको छ। काठमाडौंको भृकुटीमण्डपमा जारी शोको उद्घाटन अर्थमन्त्री डा. युवराज खतिवडाले गरेका छन् ।
उनले उद्घाटनका क्रममा मुलुकको अर्थतन्त्र सम्बन्धमा जानकारी गराउदै ऋणमा आधारित उपभोगले मुलुकको दिगो विकास नहुने बताए।
अटोमोबाइल सम्बन्धीनै रहेको गोरखकाली टायर पुनः कुनै निजी क्षेत्रले उत्पादन गर्न चाहे सरकारले सञ्चालन गर्न दिने उनले जानकारी दिए । ‘त्यस्तै अटोमोबाइल क्षेत्रमा प्रदान गर्ने कर्जालाई सरकारले पुनरावलोकन गर्न तयार छ,’ उनले भने ‘त्यसका लागि कति ठाउँ छ हामी हेर्दैछौं ।’
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले सवैभन्दा बढी राजस्व प्राप्त हुने क्षेत्र अटोमोबाइलको महत्वलाई अझै बुझ्न नसकेको गुनासो गरिन्।





प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४