आइतबार, असार ७, २०८३
  • गृहपृष्ठ
  • निर्वाचन विशेष
  • पुनः मतदान गर्नुपर्ने स्थिति सिर्जना हुन नदिने बन्दोबस्त मिलाएका छौं : प्रमुख निर्वाचन आयुक्त थपलिया

पुनः मतदान गर्नुपर्ने स्थिति सिर्जना हुन नदिने बन्दोबस्त मिलाएका छौं : प्रमुख निर्वाचन आयुक्त थपलिया

कुनै पनि मतदातालाई लोभलालच, धाकधम्कीका कारण मतदान गर्नबाट अफ्ठेरो स्थिति सिर्जना गर्न नदिन आयोगले सबै सुरक्षा व्यवस्था अपनाएको थपलियाको जिकिर।
 |  आइतबार, कात्तिक २०, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २०, २०७९

झापा– निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन भयरहित र निष्पक्ष ढंगले सम्पन्न गरिने बताएका छन्।

National life

कुनै पनि मतदान केन्द्रमा पुनः मतदान गर्नुपर्ने स्थिति सिर्जना हुन नदिने गरी निर्वाचन आयोगले तयारी गरिरहेको उनको भनाइ छ।

आइतबार झापाको बिर्तामोडमा आयोग र नेपाल कानुन समाजले संयुक्त रूपमा आयोजना गरेको ‘निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाको भूमिका’ विषयक कार्यक्रममा बोल्दै प्रमुख आयुक्त थपलियाले ठूलो प्राकृतिक विपत्तिबाहेक सुरक्षाका कारण वा राजनीतिक दलले कुनै पनि मतदातालाई प्रभाव पार्ने दुस्प्रयास गरे सम्बद्ध दल वा व्यक्तिलाई नै कानुनबमोजिम कारबाही गरिने प्रतिबद्धता व्यक्त गरे। सोही कारण पुनः मतदान हुन नदिनेमा आयोग प्रयत्नशील रहने उनले बताए। 

कुनै पनि मतदातालाई लोभलालच, धाकधम्कीका कारण मतदान गर्नबाट अफ्ठेरो स्थिति सिर्जना गर्न नदिने गरी आयोगले देशभर सचेतनामूलक कार्यक्रम लिएर हिँडिरहेको र सोही सन्दर्भमा झापामा समेत सो कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ। 

निर्वाचन आचारसंहिता र निर्वाचन खर्चको पालनासहित स्वच्छ र स्वतन्त्र निर्वाचन गराउने प्रक्रियामा आयोग रहेकाले सामाजिक सञ्जालमार्फत प्रसारण हुन सक्ने मित्थ्या सूचना, दुस्प्रचार र घृणाष्पद अभिव्यक्ति रोक्नसमेत आयोग लागिपरेको बताए।

Shivam cement

प्रमुख आयुक्त थपलियाले निर्वाचनको स्वच्छतासँगै लोकतन्त्र र अभिव्यक्तिगत स्वतन्त्रतालाई भरपुर उपभोग गराई यो निर्वाचनलाई सम्पन्न गराउन आयोग अघि बढेको जानकारी दिए। 

कार्यक्रममा मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवाली, प्रमुख जिल्ला अधिकारी छवि रिजाल, प्रहरी प्रमुख विश्वमणि पोखरेल, नेपाल बारका पदाधिकारी, उम्मेदवार तथा जिल्लामा रहेका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि र नागरिक समाजका प्रतिनिधि सहभागी थिए।

प्रकाशित: Nov 06, 2022| 13:14 आइतबार, कात्तिक २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...