काठमाडौं- शिवम् सिमेन्टले ओपीसी सिमेन्ट प्लसलाई नेपाली बजारमा बिक्री गर्न शुरु गरेको छ। कम्पनीले नेपालको विकास तथा निर्माण कार्यलाई ध्यानमा राखेर थप नयाँ ‘शिवम् प्लस’ ओपिसी सिमेन्ट बजारमा ल्याएको हो।
‘उत्कृष्टताको आकांक्षा, प्रगतिशील जीवनको पहिचान’ नारासाथ सार्वजनिक गरिएको सिमेन्टमार्फत उपभोक्ताहरूलाई थप उत्कृष्ट गुणस्तर प्रदान गर्ने जानकारी गराएको छ।
नेपाल गुणस्तर चिन्हका साथै आइएसओ ९००१, आईएसओ १४००१ लगायत विभिन्न गुणस्तर प्रमाणित प्राप्त ‘शिवम् प्लस’ सिमेन्टले निर्माणलाई थप मजबुत र सवल बनाउने दावी गरिएको छ।
‘शिवम प्लस’ ओपीसी सिमेन्टमा भौतिक तथा रसायनिक गुणहरूमा बजारमा उपलब्ध सिमेन्टहरूमध्ये उत्कृष्ट रहेको कम्पनीको भनाइ छ। मकवानपुर गढी क्षेत्रमा अवस्थित आफ्नै चुनढुंगा खानीबाटबाट सिमेन्ट बनाउन उद्योगले कच्चा पदार्थ उत्पादन गर्दै आएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४