आइतबार, मंसिर ९, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • दैलेख–१ मा गठबन्धनका उम्मेदवार पूर्वएमाले थापा र एमालेका शर्माबीचको प्रतिस्पर्धा रोचक

Siddartha premir insuranceSiddartha premir insurance

दैलेख–१ मा गठबन्धनका उम्मेदवार पूर्वएमाले थापा र एमालेका शर्माबीचको प्रतिस्पर्धा रोचक

पाँच दलीय गठबन्धनको साझा उम्मेदवार रहेकाले समाजवादीका उम्मेदवार थापा आफ्नो जित पक्का भएको बताउँछन् भने एमाले उम्मेदवार शर्मा जिल्लामा पार्टीको जनाधार बलियो रहेकाले आफ्नो जित निश्चित रहेको दाबी गर्छन्।
 |  आइतबार, कात्तिक २०, २०७९
nespernesper

रासस

रासस

आइतबार, कात्तिक २०, २०७९

दैलेख– आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन आउन दुई साता बाँकी छ। निर्वाचन नजिकिँदै गर्दा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि क्रियाशील राजनीतिक दलहरूले गाउँ केन्द्रित अभियानलाई तीव्र बनाएका छन्।

triton college

दुई प्रतिनिधिसभा र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको दैलेखमा मुख्य गरी नेकपा एमाले र गठबन्धनका दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टी गाउँ केन्द्रित चुनावी अभियानमा जुटेका हुन्। 

२०७४ को निर्वाचनमा प्रदेशसभामा तीन वटामा एमाले र १ प्रदेश निर्वाचन क्षेत्रमा माओवादीले जित हात पारेको थियो। प्रदेशसभाको उक्त निर्वाचनमा एमाले र माओवादी केन्द्रको चुनावी गठबन्धन रहेको थियो।

जिल्लाका दुवै निर्वाचन क्षेत्रमा जित हात पारेको एमालेलाई यस पटक निर्वाचनमा पाँच दलीय गठबन्धन चुनौती बन्ने देखिएको छ।

एमालेलाई यो चुनौती जिल्लाको प्रतिनिधि र प्रदेशसभा दुवै क्षेत्रमा पर्ने देखिन्छ। क्षेत्र–१ मा पर्ने ६ वटा स्थानीय तहमध्ये तीन स्थानीय तहमा एमालेले जित हात पारेको छ।

Metro Mart
vianet

अन्य दुई स्थानीय तहमा माओवादी केन्द्र र एक स्थानीय तहमा कांग्रेस विजयी भएको छ। स्थानीय तहको मत नतिजालाई केलाउने हो भने यहाँ गठबन्धनभन्दा एमाले करिब ९ हजार ३९८ मतले पछि देखिन्छ।

प्रतिनिधिसभाका लागि एमालेबाट रवीन्द्रराज शर्मा र संयुक्त गठबन्धनबाट एकीकृत समाजवादीका अम्मरबहादुर थापाको उम्मेदवारी छ। पाँच दलका साझा उम्मेदवार रहेकाले आफूले जित्ने समाजवादीका उम्मेदवार थापाले जिकिर गर्दै आएका छन्। उसो त, एमालेका उम्मेदवार शर्माले पार्टीको जनाधार बलियो रहेकाले यस पटक पनि आफू निर्वाचित हुने दाबी गर्छन्।

तीन दशक एउटै पार्टीमा रहेर सहकर्मीका रूपमा काम गरेका गठबन्धनका साझा उम्मेदवार थापा र एमालेका शर्माबीचको चुनावी प्रतिस्पर्धा निकै रोचक हुने देखिन्छ । 

नारायण नगरपालिकामा एमालेभन्दा पाँचदलीय गठबन्धन पछि रहेको छ। स्थानीय तहको मत परिणामलाई हेर्दा यहाँ एमालेले ५ हजार ४३६ मत प्राप्त गर्दा गठबन्धन दलहरूले ५ हजार ३८२ मत प्राप्त गरेको छ।

नौमूले गाउँपालिकामा एमालेभन्दा गठबन्धनका दल झन्डै ४ हजार मतले अघि छन्।

नौमूलेमा सामाजवादी–माओवादी गठबन्धनमा ३ हजार २ सय मत र कांग्रेसको २ हजार ५४४ मत रहेको छ भने एमालेको १ हजार ९२० मत रहेको छ।

भगवतीमाई गाउँपालिकामा गठबन्धनका दलहरूको मत ५ हजार ७६ छ। एमालेले स्थानीय तहको निर्वाचनमा भगवतीमाई गाउँपालिकामा १ हजार ९३३ मत प्राप्त गरेको छ।

गुराँस गाउँपालिकामा गठबन्धनका दलले ४ हजार ५०८ मत रहेको छ भने एमालेको ४ हजार ६८१ रहेको छ।  डुंगेश्वर गाउँपालिकामा एमालेको ३ हजार ४०६ छ मत छ भने गठबन्धन दलहरूको ३ हजार ३३६ मत रहेको छ।

पाँच दलीय गठबन्धनको साझा उम्मेदवार रहेकाले समाजवादीका उम्मेदवार थापा आफ्नो जित पक्का भएको बताउँछन् भने एमाले उम्मेदवार शर्मा जिल्लामा पार्टीको जनाधार बलियो रहेकाले आफ्नो जित निश्चित रहेको दाबी गर्छन्।

ती स्थानीय तह क्षेत्र–१को (१) प्रदेशमा पर्छन्। यो प्रदेशमा गठबन्धन दलका पूर्णबहादुर चालिसे र एमालेका धर्मराज रेग्मीले उम्मेदवारी दिएका छन्। यसमा गठबन्धनका चालिसे बलियो देखिएका छन्। 

स्थानीय तह निर्वाचनमा महावु गाउँपालिकामा कांग्रेसले २ हजार ९७९, समाजवादीले २ हजार २६८ र एमालेले २ हजार ५१९ मत प्राप्त गरेको छ। क्षेत्र–१ को (२) प्रदेशमा ती स्थानीय तह पर्छन्। यो प्रदेशसभाका लागि एमालेबाट प्रेमबहादुर थापा र गठबन्धनबाट कृष्णकुमार बिसीले उम्मेदवारी दिएका छन्। 

क्षेत्र–२ मा पाँच स्थानीय तह पर्दछन्। चार स्थानीय तहमा कांग्रेसले जितेको छ भने आठबीस नगरपालिकामा मात्र एमालेले जित हात पारेको छ। २०६४ बाट संघीय निर्वाचनमा पराजित नभएको एमालेलाई अहिले पाँचदलीय गठबन्धन भारी पर्ने देखिन्छ। 

स्थानीय निर्वाचनमा दलले पाएका मत केदाउँदा एमाले गठबन्धनका दलभन्दा ३ हजार ८०५  मतले पछि देखिन्छ। गठबन्धन दलबाट कांग्रेसका दिक्पाल शाही र एमालेका लक्ष्मीप्रसाद पोखरेलले संघीय प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका छन्। 

स्थानीय तहको निर्वाचनमा चामुण्डा बिन्द्रासैनी नगरपालिकामा गठबन्धनका दलले ४ हजार ४०५ मत प्राप्त गरेका छन् भने एमालेले ३ हजार ९९२ मत प्राप्त गरेको छ। दुल्लु नगरपालिकामा गठबन्धन दलले ७ हजार ९०१ मत प्राप्त गरेका छन्। एमालेले ७ हजार १६० मत पाएको छ। 

भैरवी गाउँपालिकामा गठबन्धनका दलको अलग–अलग मतको नतिजालाई हेर्दा कांग्रेस र माओवादीभन्दा एमाले १ हजार ४१० मतले पछि देखिन्छ। कांग्रेसले स्थानीय तहका निर्वाचनमा ३ हजार ९७६ मत प्राप्त गरेको छ। माओवादीले १ हजार ३९३ मत प्राप्त गरेको छ। एमालेले ३ हजार ९६० मत प्राप्त गरेको छ।

क्षेत्र–२ (१) प्रदेशसभाका लागि गठबन्धन दलबाट घनश्याम भण्डारी र एमालेका तिलक रिजालले उम्मेदवारी दिएका छन्। यस्तै, ठाँटीकाध गाउँपालिकामा कांग्रेसका उम्मेदवारले २ हजार ५७१, माओवादी केन्द्रले १ हजार ६१७ मत प्राप्त गरेको छ भने एमालेले दुई हजार ६९५ मत प्राप्त गरेको छ। 

स्थानीय तह निर्वाचनमा एमालेले जित हात पारेको छ। क्षेत्र–२ को (२) प्रदेशमा यी स्थानीय निकाय पर्छन्। यो प्रदेशसभाका लागि एमालेका विनोदकुमार शाह र गठबन्धन दलबाट योगेन्द्र शाहीले उम्मेदवारी दिएका छन्। 

विश्लेषक पिताम्बर ढकाल स्थानीय तहको मतसंख्यालाई मात्र प्रतिनिधि तथा प्रदेशसभा सदस्य जितको आधार बनाउने हो भने त्यसले परिणाम फरक आउने बताउँछन्। ‘यसमा पार्टीको विरासत र व्यक्तिको व्यक्तित्व दुवै मिलेको हुनुपर्दछ’, उनले भने, ‘सूचना र प्रविधिको तीव्र विकास भइरहेका बेला विगतजस्तो चुनावी शैली सम्झिने गुल्टिन सक्छन्।’

बुद्धिजीवी छवि सुवेदीले वाम–लोकतान्त्रिक गठबन्धन विगतको गठबन्धनभन्दा सैद्धान्तिक हिसाबले फरक हुँदा केही अन्तराल देखिएको बताए। ‘गठबन्धनभित्र इमानदारी नभए त्यसको परिणाम फरक आउने देखिन्छ। यद्यपि २५ प्रतिशतले बदमासी गरे पनि जित गठबन्धनको पोल्टामा पर्ने अनुमान गर्न सकिन्छ’, उनले भने। 

जिल्लामा लामो समय समाज सेवामा समय दिँदै आएका थीरबहादुर कार्कीले अहिलेको चुनाव रोचक हुने बताए। उनले विगतको निरन्तरतालाई क्रमभंग गरेर यसपालि दैलेखको नतिजा फरक आउने प्रतिक्रिया दिए। 

उनका अनुसार स्थानीय तहमा पार्टीले प्राप्त गरेको मतसंख्या जितको प्रमुख आधार बन्न सक्दैन।

प्रकाशित: Nov 06, 2022| 13:09 आइतबार, कात्तिक २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।