शुक्रबार, साउन १, २०८३

सलामको जीएसए व्यवस्थापनमा आइएमर्इ ग्रुप

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- आइएमई ग्रुपले सलाम एयरलाइन्सको सेवालाई नेपाल भित्र्याएको छ। मंगलबार सलाम एयरको पहिलो उडान अवतरण भएसँगै यसले अबदेखि काठमाडौं-मस्कट गन्तव्यका लागि नियमित उडान भर्ने जनाइएको छ। यस एयरलाइन्सको (जीएसए–जनरल सेल्स ऐजेन्ट) व्यवस्थापन आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई इन्टरनेशनल ट्राभल प्रालिले गर्नेछ।

ओमानको पहिलो बजेट क्यारियरको रुपमा सन्२०१६ मा स्थापना भई ३० जनवरी २०१७ देखि आफ्नो व्यवसायिक यात्रा सुरु गरेको सलाम एयर लाइन्सले मस्कटलाई आफ्नो हब बनाई १७४ सिट क्षमता रहेको एयरबस ३२०-२१४ द्धारा हालसम्म ढाका, बाकु, टिवलिस, दोहा, दुवई, सिलकोट, मुल्तान, कराँची, खार्तुम, जेद्दालगायत १३ वटा साथै सलाल र सुहार गरि २ वटा आन्तरिक क्षेत्रमा उडान भर्दै आएकोमा काठमाडौं थपगरि १६ वटा गन्तव्यमा आफ्नो हवाइ सेवा विस्तार गरेको छ। 

सलाम एयरले ओमानलगायत अन्य गन्तव्यहरुमा तुलनात्मक रुपमा सस्तो र सुलभ भाडादर कायम गरेको छ। यसबाट वैदेशिक रोजगारीका लागि मध्यपूर्व एसियाका राष्ट्रहरुमा जाने नेपालीहरुले  प्रत्यक्षलाभ प्राप्त गर्न सक्नुका साथै नेपालको पर्यटन प्रवद्र्धनमा पनि योगदान पुग्ने छ।

निकट भविष्यमा अन्यविभिन्नआन्तरिक तथावाह्य क्षेत्रमा उडान विस्तार गरि हवाई यात्रुहरुको सेवा र सुविधालाई मध्यनजर गर्दै लाइट, फ्रेन्डली र फ्लेक्सी गरि ३ किसिमका हवाई भाडा निर्धारण गरेको छ। 



सलाम एयरले व्यवसायिक क्षमता अभिवृद्धि र यात्रु महानुभावहरुमा सेवाको भावनालाई मध्यनजर गर्दै आफ्ना यात्रु तथा सेवाग्राही महानुभावहरुले कुनै पनि गन्तव्यमा एक वर्षभित्र १० पटक यात्रा गरेको बोर्डिङ्गपास सम्बन्धितकार्यालयको टिकट काउन्टरमा बुझाएपछि एक टिकट निशुल्कप्राप्तगर्ने व्यवस्थामिलाएको छ। 

टिकटकिन्दा १ वटा फ्रीदिने योजनालागु गरेको छ । आइएमई गु्रपद्धारा प्रर्वद्धित चन्द्रागिरि हिल्सले सलाम एयरलाइन्सको पहिलो उडानबाट नेपालआउने यात्रुहरुलाई उपहार स्वरुप ५० प्रतिशत र तत्पश्चात सलाम एयरबाट यात्रा गर्ने सम्पूर्ण यात्रुलाई २५ प्रतिशत छुटको व्यवस्था गरेको छ। यो सेवा लिनका लागि सलाम एयरबाट यात्रा गर्ने यात्रु महानुभावले सलाम एयरकोबोर्डिङ्गपासथानकोटस्थित चन्द्रागिरि हिल्स लिमिटेडको टिकटकाउन्टरमा देखाउनुपर्नेछ।साथै आइएमई ग्रुपकाअन्यउत्पादनतथा सेवाहरुमा समेत विशेष ग्राह्यतादिने योजनालिइएको छ। 

यस एयरलाएन्सले नेपालनागरिक उडड्यानप्राधिकरणले दिएको समय तालिकाअनुसार काठमाडौंका लागिविहान ८:०० बजे  अवतरण र ८:४० मा उडान भर्नेछ। 
सलाम एयरको पहिलो उडान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको अवसर पारेर आइएमई ग्रुपले आजत्रिभुवनअन्तर्राष्ट्रिय विमानस्थलस्थितपत्रकार भेटघाटकक्षमापत्रकार सम्मेलनको आयोजना गरेको थियो। 

उक्त पत्रकार सम्मेलनमानागरिक उड्डयनप्राधिकरणका महानिर्देशकसजीवगौतमज्यू, महाप्रवन्धक राजकुमारक्षेत्री, त्रिभुवनअन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रमुख सुरक्षा अधिकृत कमलबहादुर जीटीज्यू, नाट्टाका अध्यक्ष सिएन पाण्डे, आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकाल प्रवन्ध निर्देशक हेमराज ढकाल, सलाम एयरका प्रमुखकार्यकारी अधिकृत क्याप्टेन महम्मदअहमदज्यू, आइएमई ट्राभलका संचालकतथानिर्देशकअर्जुन पौडेल शर्माज्यू र आइएमई ट्राभलका प्रमुख कार्यकारी अधिकृत रुद्र प्रसाद सापकोटा (बिनोद) सलाम एयरका सेल्स प्रमुख मोहमम्द देसुकी एवम् सम्बन्धित निकायका व्यक्तिहरुको सहभागीता थियो। 
                                      
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्