आइतबार, असार ७, २०८३

बागलुङमा कैदीबन्दी, सुरक्षाकर्मी र कर्मचारीलाई अस्थायी मतदान केन्द्र

कारागार र जिल्ला समन्वय समितिको कार्यालयमा मतदान केन्द्र रहने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
 |  शनिबार, कात्तिक १९, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १९, २०७९

बागलुङ- कारागारका कैदीबन्दी र चुनावमा नखटिने सुरक्षाकर्मी तथा निजामती कर्मचारीका लागि यहाँ दुई अस्थायी मतदान केन्द्र तोकिएको छ। कारागार र जिल्ला समन्वय समितिको कार्यालयमा मतदान केन्द्र रहने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। मतदाता नामावलीमा नाम भएका कैदीबन्दीलाई कारागारबाटै मतदान गर्ने व्यवस्था गरिएको जिल्ला निर्वाचन अधिकारी यज्ञप्रसाद रिजालले बताए। चुनावमा नखट्ने कर्मचारी, सुरक्षाकर्मीलगायतले जिससमा रहने अस्थायी मतदान केन्द्रबाट मतदान गर्ने उनको भनाइ छ।

National life

‘चुनावमा खटिनुभएका कर्मचारी, सुरक्षाकर्मीले सम्बन्धित मतदान केन्द्रबाटै मतदान गर्छन् भने बाँकीले सदरमुकाममा तोकिएको अस्थायी मतदान केन्द्रबाट मतदान गर्ने व्यवस्था मिलाइएको छ’, जिल्ला निर्वाचन अधिकारी रिजालले भने। उनका अनुसार त्यसरी मतदान गर्नेले प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ मात्र मत दिन पाउनेछन्। अस्थायी मतदान केन्द्रमा तीनजना कर्मचारी खटिनेछन्। जिल्लाभर स्थायी मतदान केन्द्रको सङ्ख्या भने दुई सय ३१ रहेको छ। मतदानस्थल एक सय छवटा छन्।

मतदानको दिन आउन १५ दिन बाँकी रहँदा राजनीतिक दलदेखि निर्वाचन आयोग र सम्बद्ध निकाय चुनावको तयारीमा जुटेका छन्। दल र उम्मेदवार मतदाता रिझाउन तल्लीन छन्। सुरक्षा योजनालगायत चुनावको व्यवस्थापकीय तयारीका कामलाई पनि तीव्र पारिएको छ। मतदान र त्यसपूर्व चाहिने सबै निर्वाचन सामग्री जिल्लामा आइपुगेको निर्वाचन कार्यालयले जनाएको छ।

कर्मचारी, सुरक्षाकर्मीको खटनपटन, तालिमलगायतका काम भइरहेको छ। मतदाता शिक्षाका लागि वडास्तरमा स्वयम्सेविका खटिएका छन्। सबै मतदान केन्द्रमा गरी १८ सय ५७ जना कर्मचारी र नौ सय ३० स्वयम्‌सेवक खटिनेछन्। एउटा मतदान केन्द्रमा आठजना कर्मचारी परिचालन गरिनेछ। 

संघतर्फ दुई निर्वाचन क्षेत्र रहको यस जिल्लामा कुल एक लाख ९२ हजार दुई सय २६ मतदाता छन्। १ नं क्षेत्रमा ९६ हजार ६ सय ६५ र २ नं मा ९५ हजार पाँच सय ६१ मतदाता छन्। प्रदेशतर्फ १ को ९१० मा ५० हजार पाँच सय ८० र ९२० मा ४६ हजार ८६ मतदाता रहेका छन्। २ ९१० मा ५४ हजार तीन सय ३४ र २ ९२० मा ४१ हजार दुई सय २७ मतदाता छन्। प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि दलका केन्द्रीयस्तरका नेतासहित जिल्लाका ३१ उम्मेदवार चुनावी मैदानमा छन्। 

Shivam cement

प्रकाशित: Nov 05, 2022| 21:30 शनिबार, कात्तिक १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...