काठमाडौं- असोज ४ गतेदेखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ‘फर्निचर तथा फर्निसिङ सामाग्री प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको छ । उक्त प्रदर्शनी नेपाल फर्निचर तथा फर्निसिङ संघले आयोजना गर्न लागेको हो।
एक्स्पोमा प्रतिष्ठित स्वेदेशी तथा विदेशी ब्राण्डका सय भन्दा बढी कम्पनीहरु रहने जानकारी आयोजकले दिएको छ।
एक्सपोमा लोकप्रिय नेपाली तथा अन्तराष्ट्रिय ब्राण्डका फर्निचरहरुको वृहतप्रदर्शनी हुनेछ। उक्त अवसरमा नजिकिदै गरेको चाडपर्वलाई ध्यानमा राखेर स्टक क्लिेरेन्सका साथै दशैँ अफरका साथ फर्निचर तथा फर्निसिङका सामानहरु विक्री वितरण हुनेछ।
आयोजकले एक्सपोमा प्रदर्शनीको अतिरिक्त अवोलकनकर्ताहरुलाई लक्कीड्रमार्फत आर्कषक उपहार समेत वितरण गरिने बताएको छ। प्रदर्शनी स्थलमा वास्तुशास्त्रका साथै इण्टेरियर डिजाइन सम्बन्धी परामर्श पनि उपलब्ध गराइने बताएको छ।
आयोजककाअनुसार मुख्यगरी एक्स्पोमा किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बलल गायत सामग्री प्रदर्शनी गरिनेछ। साथै कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेशन सामग्री, होम डेकार लगायत मेशिनरी औजारका साथै वास्तुसँग सम्बन्धीत उत्पादन राखिनेछ।
संघका अध्यक्ष राजेश अग्रवालले नेपाली उत्पादनलाई प्राथमिकतामा राखेको बताएका छन्। साथै प्रदर्शनीमा वस्तु तथा सामाग्रको उपयोगिता, प्रयोग विधि, बनोटका बारेमा पनि अवलोकनकर्तालाई जानकारी गराउने आयोजकको भनाइ छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४