शुक्रबार, जेठ २९, २०८३

कर्णाली करिडोर खुल्यो

कालीकोट सडक खण्डको सान्नी त्रिवेणी गाउँपालिका–१ लुसाको पहिरो पन्छाएपछि कर्णाली करिडोर खुलेको हो।
 |  शनिबार, कात्तिक १९, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १९, २०७९

मान्म– अवरुद्ध कर्णाली करिडोर खुलेको छ। कालीकोट सडक खण्डको सान्नी त्रिवेणी गाउँपालिका–१ लुसाको पहिरो पन्छाएपछि कर्णाली करिडोर खुलेको हो। 

National life

१९ असोजदेखि परेको अविरल वर्षाका कारण अवरुद्ध कर्णाली करिडोर कालीकोटको नरहरिनाथ–८ को खुलालुदेखि पचालझरना गाउँपालिका–७ जारकोटसम्म खुलेको छ। सान्नी त्रिवेणी गाउँपालिका–१ लुसामा आएको पहिरोले करिब ३० दिनदेखि अवरुद्ध रहेको कर्णाली करिडोरको पहिरो तीन दिन लगाएर पन्छाएपछि खुलेको हिल्सा–सिमकोट सडक आयोजना प्रमुख वीरेन्द्र यादवले बताए। 

‘अहिले पहिरो खस्न कम भएपछि करिडोरको लुसा खण्ड खुलाएर पचालझरनाको जारकोटसम्मको सडक सञ्चालनमा आएको छ’,  उनले भने, ‘त्यहाँबाट अगाडि अन्य ठाउँमा पहिरो गएका छन्। त्यसलाई पनि खुलाउने काम तीव्र पारिएको छ।’

गत १९ देखि २६ असोजसम्म परेको अविरल वर्षाले करिडोर क्षेत्रका विभिन्न ठाउँमा बाढीपहिरो गएकाले कर्णाली करिडोर अवरुद्ध हुन पुगेको प्रमुख यादवले जानकारी दिए। ‘अन्य ठाउँको भन्दा लुसामा गएको पहिरो अलि जटिल खाले थियो’, उनले भने, ‘लुसाको पहिरो पन्छाएपछि अन्य ठाउँको पहिरो पन्छाउन कुनै समस्या छैन।’

कर्णाली करिडोरको घाटपारी चौरलगायतका क्षेत्रमा पहिरो पन्छाउने काम चलिरहेकाले हुम्लाको सिमाना सलिसल्लासम्म एक साताभित्रै यातायातका साधन चल्ने प्रमुुख यादवको भनाइ छ। 

Shivam cement

करिडोरका पहिरो जाँदा यातायातका साधन सञ्चालनमा समस्या भएको अहिले कालीकोटको पचालझरनाको जारकोटसम्म यातायात सञ्चालनमा र केही दिनमा अन्य ठाउँको पहिरो पन्छाएपछि पूर्णरुपमा यातायातका साधन सञ्चालनमा ल्याइने मानसरोवर यातायात प्रालिका इञ्चार्ज ललित बमले जानकारी दिए। ‘सडक अवरुद्ध हुँदा यातायातका साधन सञ्चालन गर्न पाएका थिएनौं’, उनले भने, ‘यातायातका साधन नचल्दा नागरिकले सास्ती बेहोर्नुपरेको थियो।’

कर्णाली करिडोर कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–८ खुलालुदेखि हुुम्ला सिमकोटसम्म १९६ किलोमिटर लम्बाइको छ। यसअन्तर्गत कालीकोटमा ४० किमि सडक खण्ड, बाजुरामामा ४३ किमि र हुम्लामा ११३ किमि रहेको छ।–रासस

प्रकाशित: Nov 05, 2022| 14:07 शनिबार, कात्तिक १९, २०७९
प्रतिक्रिया दिनुहोस्